बीबीसी नेपाली पडकास्ट: Recent Episodes

BBC Nepali Radio

बीबीसी नेपाली सेवाका छानिएका अडिओ सामग्रीहरू सुन्नुहोस्

View Details

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका व्यक्तिले थुनामा नबसीकन सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने फैसलाको पूर्णपाठ आएको छ। यसै सन्दर्भमा हामीले सर्वोच्च अदालतका एक पूर्वन्यायाधीश बलराम केसीलाई पछिल्लो फैसला सुशासनको दृष्टिकोणले अथवा नागरिकको अधिकार उपभोगको हिसाबले उपयुक्त हो भनेर सोधेका छौँ।

View Details

नेपालमा सर्पको टोकाइबाट बर्सेनि सयौँ व्यक्तिको ज्यान जाने गरेको तथ्याङ्कले देखाउँछ। गर्मी र वर्षायामसँगै सर्पदंशका घटना बढ्ने गरेको विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार नेपालमा कम्तीमा ९० प्रजातिका सर्प पाइने गरेकामा तीमध्ये २० प्रतिशत विषालु मानिन्छ। यसै सन्दर्भमा हामीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित सर्पदंशविज्ञ डा. संजीव शर्मासँग गनी अन्सारीले गरेको कुराकानी।

View Details

सर्वोच्च अदालतले विवाह दर्ताका लागि दिएको अन्तरिम आदेश किन महत्त्वपूर्ण छ भन्ने विषयमा पारलैङ्गिक महिला तथा अधिकारीकर्मी भूमिका श्रेष्ठसँग विनिता दाहालले गरेको कुराकानी

View Details

रुसी सेनामा भइरहेको भनिएको नेपालीहरूको भर्तीका बारे रमा पराजुलीले परराष्ट्र मन्त्री एनपी साउदसँग गरेको अन्तर्वार्ता।

View Details

ललिता निवास प्रकरणमा सरकारले गठन गरेको तत्कालीन छानबिन समितिका संयोजक एवं पूर्वसचिव शारदाप्रसाद त्रिताललाई सञ्जय ढकालले पछिल्लो घटनाक्रमलाई कसरी लिनुभएको छ भनेर सोधेका थिए

View Details

पोहोर साल देशैभरि फैलिएको डेंगी रोगका कारण झन्डै ५५ हजारजना सङ्क्रमित भएका थिए भने ८८ जनाको ज्यान गएको थियो। यो वर्ष पनि अब बर्खा लागेसँगै डेंगीजस्ता रोग सर्ने मुख्य मौसम सुरु भएको छ। डेंगी संक्रमणको अहिलेसम्मको अवस्थाकाबारे सञ्जय ढकालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालसँग गरेका कुराकानी।

View Details

पार्टी सभापति चुनावमा शेरबहादुर देउवालाई चुनौती दिएका नेता डा. शेखर कोइरालासँगको कुराकानी

View Details

सरकारले विद्युत महसुलदरमा गरेको कटौती र विद्युत उपभोग बढाउन गरेको आह्वानका सन्दर्भमा मन्त्री पम्फा भुसालसँग गनी अन्सारीले गरेको अन्तर्वार्ता।

View Details

सरकारले नेपालमा देखिएको पुष्टि गरेको कोरोनाभाइरसको नयाँ प्रकारकाबारे अमेरिकाको मिनसोटा राज्यस्थित एउटा चिकित्सा अध्ययन संस्थान तथा मेयो क्लिनिकमा कार्यरत एकजना भाइरोलोजिस्ट डा.सुदीप खड्कासँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी।

View Details

चैत्र ११ गते बुधवारको साप्ताहिक नेपाल सन्दर्भमा अर्थमन्त्री विष्णु पौडेलसँगको कुराकानी

View Details

हजुरआमा पुस्ताकी कवयित्री खुमादेवी पाण्डे र नातिनी पुस्ताकी आख्यानकार दुर्गा कार्की

View Details

कोरोनाभाइरस प्रकोपजस्ता भवितव्यले ल्याउने जोखिमलाई नेपाली अर्थतन्त्र र योजनाले बहन गर्न सक्छ? राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेल र पूर्वउपाध्यक्ष डा शंकर शर्माको बहस

View Details

नेपाली काङ्ग्रेसभित्र देखिएको विवादबारे असन्तुष्ट पक्षका वरिष्ठ नेता रामचन्द्र पौडेल

View Details

वर्तमान सरकार सफल कि असफल? प्रमका प्रेस सल्लाहकार सूर्य थापा र प्रतिपक्षी सांसद गगन थापा

View Details

नेपाल ट्रस्टको मातातीर्थको जग्गा वितरण छानबिन गर्ने सरकारको भनाइबारे डा. बाबुराम भट्टराई

View Details

सरकारका समीक्षा गर्दै प्रमका प्रमुख सल्लाहकार विष्णु रिमाल र नेकाका नेता मीनेन्द्र रिजाल

View Details

नेपाल सन्दर्भ: विवादित बनेको अमेरिकी सहयोग सम्झौताबारे अमेरिकी राजदूतसँग कुराकानी।

View Details

सेतोपाटी डिजिटल पत्रिकाका सम्पादक अमित ढकाल र सांसद यज्ञ सुनुवारबीच बहस

View Details

सांसद ठगेन्द्रप्रकाश पुरी र नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेलबीच बहस।

View Details

सत्ताधारी नेकपाका एक अध्यक्ष प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णयका बारे प्रवक्ता नारायण काजी श्रेष्ठसँगको कुराकानी

View Details

समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवसँगको कुराकानी

View Details

सागमा कराते खेलकी एक स्वर्ण पदक विजेता सुनिता महर्जन र उनको बुवा नाति महर्जन

View Details

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर महेश आचार्यसंग कुरा गर्दै

View Details

राजनीतिशास्त्री हरि शर्मासंग गनी अन्सारीले गरेको कुराकानी।

View Details

राष्ट्रिय जनता पार्टी नेपालका एकजना नेता हृदयेश त्रिपाठीसंग गनी अन्सारीले गरेको कुराकानी

View Details

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीसंग गनी अन्सारीले गरेको कुराकानी।

View Details

नेपाल बार असोसीएशनका अध्यक्ष शेरबहादुर केसीसंग सुरेन्द्र फुयालले गरेको कुराकानी।

View Details

राष्ट्रिय जनता पार्टी नेपालका एक नेता महेन्द्र राय यादवसंग गनी अन्सारीले गरेको कुराकानी।

View Details

संविधानप्रति असन्तुष्ट संघीय गठबन्धनका संयोजक तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसंगको कुराकानी

View Details

डा गोबिन्द केसी र सरकारबीच सोमबार भएको संझौताको अशोशियशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजको विरोध किन? भन्नेबारे डा. भोला रिजालसंग गरिएको कुराकानी।

View Details

चिकित्सा क्षेत्रमा रहेका बेथिति विरुद्ध डा.गोबिन्द केसीको आठौं अनसनको ११ दिन पुगिसक्दा पनि संसदमा किन मुद्दा नबनेको भन्नेबारे नेपाली काँग्रेसका सांसद गगन थापासंग गरिएको कुराकानी।

View Details

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहसंग संघीयता कार्यान्वयनका चुनौती लगायतका विषयमा रवीन्द्र मिश्रले गरेका कुराकानी।

View Details

नेपाल सन्दर्भ: नवलपरासी निवासी १७ वर्षीया किशोरी विपना शर्मासंगको कुराकानी