गर्छु कसैले नभन्ने, अर्काले गरेकोमा तीव्र विरोध गर्ने तर गर्न कसैले बाँकी नराख्ने कर्म के हो ? उत्तर हो – भ्रष्टाचार । अब सबैले गर्ने कर्म भएपछि यसलाई हटाउने वा घटाउने भनेर किन भनिहिँड्ने हो ? बरु यसलाई बढाउने पो हो कि ! 

‘घूस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन्’ भनेर पृथ्वीनारायण शाहले भनेका थिए रे । यो त पुरानो जमानाको कुरा पो हो । अहिलेको आधुनिक जमानामा त यो नारा ‘घूस लिने र दिने दुवै राष्ट्रका गन्यमान्य हुन्’ भनेर परिवर्तन गर्न ढिला भइसक्यो । समय अनुसार चल्नुपर्‍यो नि !

Full Story at: https://www.abhiyandaily.com/newscategory-detail/371931