Show: Recent Episodes

Songs

View Details

Baneshor to Pulchowk Kaalu Lai sir ji ko sambodhan: saahitya

View Details

Baneswar to Pulchowk Kaalu Lai sir ji ko sambodhan: saahitya

View Details

बिहानै IELTS कक्षाहरूको सहजिकरणको लागि नयाँ बानेश्वरको पुग्नु मेरो दिन चर्या हो । बानेश्वरको बिहानी सिफ्ट सकेर फर्किएँ । घामले उचाई लिए संगै यहाँ यातायातका साधन तथा मानिसको चाप उहि दरमा वृद्धि हुने गर्दछ । जाउलाखेल पुग्नु थियो । निकै बेरको पर्खाई पछि सार्वजनिक नेपाल यातायात आई पुग्यो । प्रायजसो अफिस टाइममा बसहरुमा खचाखच हुने भएकाले खुट्टा राख्ने ठाउँ पाउनु नै भाग्य ठानिन्छ । रोकिएको गाडीमा चढ्नु सुरक्षित हुने भए तापनि सिट पाउने लोभले या त कमसेकम चढ्न मात्र भएपनि बिसौनी नपुगेको गाडी गुड्दा गुड्दै चढें । खालि सिट पाइएला कि भनेर आखाँ एताउता डुलाए । अहँ थिएन । पछाडि जाँदा भिडले कोचिईने पो हो कि भन्ने आशंकाले ढोका छेउमा बस्नु निको लाग्यो । "पछि उत्रिन पनि सजिलो हुन्छ । कहाँ पछि बस्नु ?" मेरो मात्र होईन होला यस्तो बिचार । दुई पाइला नसर्दै बिसौनी बाट एक हुल मान्छे चढे । चाप बढ्दै थियो । मान्छेहरू चढ्दा, ओर्लदा तथा ब्रेक लगाउदा त खपिनसक्नु हुन्छ । बसमा समाउनलाई hand rails थिएन। दाहिने र दैब्रेपट्टीका खम्बाहरुमा समातेर उभिएँ । "दुनियाँले समातेको डण्डी कति किटाणु होलान् ।" सक् सक् लागि रहेथ्यो । कति बेला गन्तव्यमा पुगुँ र सेनिटाईजर दलु भयो । ओर्लने भन्दा उक्लनेको संख्या बेसी थियो । "आज सिट पाइएला जस्तो लागेन । धेरै जसो खरानी रंगको ड्रेस लगाएका कलेजका बिध्यार्थिहरु छन् । पक्कै प्रसादी एकेडेमीका दिवा shift का हुन्। जाउलाखेल सम्म त ईनैले कब्जा जमाउने त हुन् नि ।" अर्को चोक नपूग्दै मेगा कलेजका एक हुल विद्यार्थी बसले भरियो । अब चै नसक्ने भए म ।", हात दुखेर फत्रक फत्रक । नेपाल यातायात र सार्वजनिक नेपाल यातायात चढ्नुको फाइदा भनेकै समयमै गन्तव्यमा पुग्नु हो भने अनियन्त्रित तरिकामा बस कुद्ने र एक्कासि बस रोक्नुपर्दा सबै न्युटनको पहिलो नियमको साक्षात उदाहरण भोग्नु बेफाइदा । गाडी यसरी कुदाउछन् मानौं एक घण्टामा रिङरोड परिक्रमा गर्नुछ अनि सबै चोकका यात्रु चढाउने ठेक्का इनकै हो। हातका जोर्नीहरूमा सकस भै सकेको थियो । झोलाले सिटमा बस्नेलाई नि धक्का दिँदै थियो । "के सोचिन् होलि ? चान्स मारेको त सोचे होलिन् ।" काधमा जिम्मेवारीका साथ साथै झोलाको वजन समेत उकालो लागिरहेछ अचेल । वजन चाहि कति पुग्यो मापन कहिल्यै गरिएन । कक्षा दशमा हुँदा चाहिँ पक्कै पनि तीस किलो तौल पुरा थियो । ज्यानको वजन भने अचेल ओर्हालो लागिरहेछ । पोषणको कमि महसुस गर्दैछु । घरको जस्तो खाना कस्तो हुन्छ र बाहिर । झोलाले ज्यान तल तानिरहेको थियो । बसको बेगले घरि दाहिने देब्रे त कहिले अगाडि । बसको ढोकामा झुण्डिएर यात्रा गर्न त नहुने हो तर कहिले काँही हतारको बेला नगरि पनि नहुने हुने रैछ । बिशेष गरि बिहान कलेजको टाइम र अफिस टाइममा । ढोकामा उभिदा अझै अरु मान्छे थप्न सकियोस भनेर सहचालकले झोला अर्कालाई बोक्न दिन भन्ने गर्छन् या त झोला लिएर कसैलाई बोक्न दिन्छन् । "तर यहाँ आफू त भित्र उभिएको छु । न सहचालकले झोला कसैलाई बोक्न लगाउने न त बोक्न दिने ।" छेउकीलाई झोला बोक्न रिक्वेष्ट गरौं कि झैं लाथ्यो, "Could you please hold my bag for a moment?" तर केटी संग हत्तपत्त बोलिनहाल्ने आँट भएन । "उसै त झन् अघि देखि चान्स मारेको सोचिरहेकी होलि उ । होस् छोड्दे ! आफ्नो झोला आफै बोक् । तेरो कौनसा गर्लफ्रेण्ड हुन् र उनि 'हजुरको झोला बोक्दिन्छु दिईस्यो ।' भन्नलाई । केही भन्छिन् कि भनेर उनको मुख तिर नियाले । साथीहरूसँग गफिदै थिइन् । एकाएक उनको रोल नम्बरमा आखाँ अडियो । मान्छेको नाम र नम्बर याद नहुने म, हेर्नुको कुनै औचित्य थिएन । बस बिजुलीबजार तिर पुग्यो । कालो चस्मा लाएको झिल्के सहचालक यात्रुहरूलाई पछाडि धकेल्दै थियो । " पछाडि जानुहोस् " त साझा बस बाहेक अरुमा सामान्य अनि प्रचलित डाईलक नै भै हाल्यो । मलाई अप्ठ्यारो महसुस भईरहेको थियो । जोर्निहरु दुखेर हात मुठ्ठी पार्ने र झट्काउने गरिरहेथे । सेवाको भावले हो वा मेरो झोलाले सताएर हो उनि मेरो झोला बोक्दिन्छु भनि प्रस्ताव गरिन् । मलाई 'के खोज्छस् कानो आखो!' भै हाल्यो । "Actually, I was trying to tell you the same." मनको कुरो मुखबाट फ्याट्ट निस्कियो । सायद उनी र उनका साथीहरू अचम्ममा परे मेरो अङ्ग्रेजी लवज सुनेर । घरबाट निस्किए लगत्तै मुखमा मास्क लगाउने गर्छु । " नेपाली हो कि बिदेशी हो ? बिदेशी भा भए कसरी बुझे उनले! हैन भनौं भने अङ्ग्रेजी! " सायद यस्तै मनमा आयो होला उनीहरुको । रोल नम्बरमा फेरी आखाँ गयो । हेर्यो बिर्सियो । उनीहरुको खित्का अनि हल्लाले ड्राइभरको ध्यान खिचिरहेको थियो । पछाडि फर्केर ठूला ठुला आखाँ पारेर हेर्न लाग्यो । मलाई भन्न मन थियो, " Hey girls! Beware! The driver is staring at you." तर नभन्नु उचित लाग्यो । उनको आफ्नै दुई पसेरीको झोला काखमा त छँदै थियो । मेरो पनि थपिए पछि त पक्कै पनि आधा कुईन्टल त पक्कै पुग्यो होला। उनको मुहारमा हेरेर मैले मेरो झोलाको वजन अड्कल गरे । "बिचरी!" पुलचोक झर्नुपर्ने थियो । गन्तव्य मेरो नजिकिदै थियो । झोला बोकि सहयोग पुर्याए बापत उनलाई गर्व भो या पछुतो? थाहा भएन। जे होस् आभार स्वरुप उनलाई मेरो एउटा कथाकी पात्र बनाउन ईच्छा जाग्यो । चित्र कोर्न होस् या त कथा, कविता, गीत, आदि रचना गर्न, सदा जसो म पात्रसँग अनुमति लिएझैं उनीसँग पनि अनुमति लिनु थियो । सबैको अगाडी सोध्ने वा जाउलाखेल सम्मै पुगि सँगै बसबाट ओर्लिएर नाम समेत सोध्ने भन्ने दोधार भो। "आsss होस ! पुलचोक मैं झर्छु ।" सहचालक संग हिसाब क्लिएर गरेर उनको हातबाट झोला लिए। "Thank you for your help." जवाफमा मुस्कान आयो । "Can I write a story on you?" "Okay", उनले सहमति जनाइन् । उनको नाम त सोध्दै सोधिन अनि मास्क लगाएका कारण उनलाई मेरो नाम त के अनुहार पनि थाहा हुने कुरा भएन । कथा लेखि हालें भने पनि न म उनलाई पठाउन सक्छु न त उनले माग्न नै । साङ्केतिक रुपमा 9274 भनें जसको अर्थ #9274 Facebook मा सर्च गर्नु भन्ने थियो । सायद मैले भन्न चाहेको कुरा उनले बुझिनन् । प्रतिउत्तरमा "‌This is my code number." भनिन् । उनका साथीहरु तथा बसका यात्रुहरूको हेक्का मलाई भएन । मुसुक्क मुस्कुराएँ अनि पुलचोकमा ओर्लिएँ । रोड पार गरे। सायद उनले झ्यालबाट मलाई हेरिन् पनि होली, "को होला यो मान्छे!" उनको कोड नम्बर दोहोर्याउने प्रयास गरेँ । 9274/ 9724/ 9274 भन्दा भन्दै अलमलिए । अंक मस्तिष्कले वचत गर्ने नसक्ने भएकाले मेसेन्जर खोलि आफ्नै मेसेजमा 9274 टिपे । हाँसो आउछ सम्झेर, मास्क लगाएको अवस्थामै उनलाई मुस्कान दिएछु । मास्क लगाएको बेफाइदा । छिट्टै कथा लेख्ने सोचमा छु । #New_Baneshor #Prasadi_Academy #Prasadiacademy #Prasadi #9274 #Bag #Sarbajanik #Nepalyatayat #Monday June 24, 2019

View Details

Christmas Song

View Details

बादलपारीको देशमा शब्द र संगित: साईमन थापा स्वर: मिलन रिजाल

View Details

स्वर्गबाट यो धर्तिमा तिमी हाम्रो स्वरुपमा हो गाईको गोठमा चिसो-चिसो रातमा बेतलेहेमको सानो गाँउमा मानिसलाई बचाउन, मृत्युबाट जोगाउन उधारकर्ता जन्म लिए हामी पनि जाऔँ न उहाँलाई हेर्न , हृदयभेटी चढाउन प्रेम खबर लिएर, मानवदेही भएर मुक्तिदाता जन्म लिए हामी पनि जाऔँ न उहाँलाई भेट्न, हृदयभित्र सजाउन

View Details

को: सुन्दर पाउ काँडाहरूको माझमा हिड्दै थिए पाइला (येशुको) उनको गलगथाको बाटोमा सुन्दर पाउ १)टुटेको थियो सम्बन्ध नै मानिस र ईश्वरको जोड्नु थियो पाप मेटाई रगतले धोई उनको धोई दिए पाप सब मेरा बनाइए सम्बन्ध नयाँ सुन्दर पाउ २) तोडिदिए पर्खाल सबै पापले नै बनाएको बोलाउदैछन् सबैलाई अङ्गालोमा बेर्न उनको बोकी दिए पाप सब मेरा बनाई दिए सम्बन्ध नयाँ

View Details

Filmy

View Details

What is Christmas? How can we celebrate it? ख्रीष्टमस् के हो? ख्रीष्टमस कसरी मनाउने ?

View Details

3rd Episode ONLINE CHANNEL NEPAL

View Details

Online Channel Second Episode तलको लिङ्कमा थिच्नुहोस् अनि Play बटन् थिच्नुहोस्

View Details

Radio Program From Nepal