Australia Ma Nepali Football is a podcast presented to you by SBS Nepali. This podcast will explore how Nepali migrants relied on a football, a popular community sports, to develop friendship during late 90s and has continued to become a source of comradery & community bonding. For many, weekly sports day is just more than a day to play football. It indeed is a day to reconnect with their motherland, with their friends from their land, with the language and the culture they know from their childhood. Australia Ma Nepali Football will also look at how the football has helped the Nepali youths to stay away from drugs & gambling and have provided support to those who needed it. - अस्ट्रेलियामा नेपाली फुटबल एसबिएस नेपालीद्वारा प्रस्तुत एक पोडकाष्ट हो। यसमा हामी नेपालबाट अस्ट्रेलिया आएकाहरुको लागी- ९० को दशकको अन्त्यतिर फुटबलले आपासी मित्रता गाँस्न कस्तो भुमिका खेल्यो-त्यो सम्बन्धमा चर्चा गर्ने छौ। फुटबलको खेल मात्र खेलमा सीमित नभएर यसले ल्याउने आपसी चिनजान, मित्रता, जन्मदेशप्रतिको माया अनि आफू हुर्केको संस्कृति जगेर्नाको पनि मौका प्रदान गर्ने अवसर बनेको छ। यस पोडकाष्टमा कसरी अस्ट्रेलियामा सामुदायिक रुपमा खेलिने फुटबलले नेपाली युवाहरुलाई लागू औषध र जुवाजाता खराब संगतबाट बच्न मद्द गर्दै आएको छ भन्ने सम्बन्धमा पनि चर्चा गर्ने छौ।
Melbourne-based Nepali soccer club Yeti FC is celebrating its Silver Jubilee in 2026. Sajjan Sharma, the club’s President, spoke to SBS Nepali about the club’s journey, which began in 2001. He says, despite various challenges, Yeti FC has been at the forefront of building community connections and enhancing social cohesion in Australia through its on-field and off-field programs. - मेलबर्नमा स्थापना भएको यती फुटबल क्लबको यो रजत जयन्ती वर्ष हो। सन् २००१ मा स्थापना भएसँगै आफूहरूले फुटबल बाहेक पनि, विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गर्दे आएको, क्लबका अध्यक्ष सज्जन शर्माले एसबीएस नेपालीलाई बताएका छन्। २५ वर्ष अगि सुरु भएको उक्त क्लबको यात्राका क्रममा हासिल भएका उपलब्धि एवं सामना गर्नुपरेका चुनौतीहरू लगायतका विषयमा शर्मासँगको कुराकानी सुन्नुहोस्।
Nepali footballer and former captain of the Nepali national team, Raju Kaji Shakya was recently in Australia. SBS Nepali spoke with the soccer legend about the sport, while he also spilled the beans on the secret behind his long black hair and well-maintained physique. - अस्ट्रेलियामा नेपाली फुटबलको अवलोकन गर्दै नेपालको पूर्व राष्ट्रिय टोलीका कप्तान तथा पूर्व प्रशिक्षक राजुकाजी शाक्यले हालै आफ्नो अस्ट्रेलिया भ्रमण सम्पन्न गरेका छन्। लामो समयदेखि फुटबलमा लागेका र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका शाक्यसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Nepali women's national football team captain Sabitra Bhandari is currently down under for the ongoing women's A-League competition. An attacker for New Zealand's Wellington Phoenix, Bhandari, who is popularly known as “Samba” is the first Nepali footballer to play in an A-League. Following the match against Melbourne City FC in their home ground on Sunday, December 7, SBS Nepali spoke to Bhandari about her new sporting chapter with the Nix, challenges as an international athlete and soccer enthusiasm in Australia's Nepali community, including the second generation. - हाल अस्ट्रेलिया र न्यु जिल्यान्डमा जारी महिला तर्फको ए-लिग फुटबल प्रतियोगितामा नेपालको राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी न्यु जिल्यान्डको टोली वेलिङ्टन फिनीक्सबाट खेलिरहेकी छिन्। “साम्बा” नामले प्रचलित भण्डारी ए-लिगमा खेल्ने पहिलो नेपाली खेलाडी हुन्। आइतवार, डिसेम्बर सातमा मेलबर्नको एक घरेलु टोली मेलबर्न सिटी एफसी विरुद्धको खेलका लागि क्रान्बर्नस्थित कन्ट्रोल:साइबर मैदान पुगेकी भण्डारीको स्वागतमा नेपाली समुदायका सदस्यहरूको ठुलो उपस्थिति थियो। ए-लिग खेल्दाको अनुभव, अन्तर्राष्ट्रिय खेल जीवन र अस्ट्रेलियामा फुटबल प्रेमी तथा खेलप्रति इच्छुक दोस्रो पुस्ताका बालबालिकाकाका लागि रहेका अवसरहरू बारे भण्डारीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
नेपालको राष्ट्रिय फुटबल टोलिका पूर्व खेलाडी र अस्ट्रेलियामा पनि खेलमा सक्रिय रहँदै आएका जगजीत श्रेष्ठले मेलबर्न, क्यानबरा र एडिलेडमा बालबालिकाहरूलाई फुटबल तालिम दिँदै आएका छन्। विशेष गरी विद्यालय बिदाको समयमा बच्चाहरूलाई ‘ट्रेनिङ’ दिने आफ्नो योजना वर्ष भर नै निरन्तरता दिने लक्ष्य रहेको उनको भनाइ छ। पछिल्लो समय साउथ अस्ट्रेलियाको पारा हिल्स नाइट्स क्लबबाट नेसनल प्रिमियर लीग खेल्दै आएका श्रेष्ठसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Nepali Australian Welfare Society (NAWS) Cup’s 26th edition recently concluded in Sydney. We spoke to NAWS President Chiran Tiwari, who says the competition and involvement in competitive soccer as a whole have been a good distraction for Nepali international students from falling into bad habits. - नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) आयोजित फुटबल प्रतियोगिताको २६ औँ संस्करणको अन्तर्गत आइतबार, ६ जुलाईमा भएको फाइनल खेलमा ओपन एज तर्फ बेनी एफसीलाई चार शून्यले हराउँदै, सेन्ट जोर्ज नेप्लिज फुटबल क्लब विजयी बनेको छ। भेट्रनतर्फ आठ वटा टोली सहभागी भएका थिए जसमध्ये मकारथर क्लबले जित हासिल गर्न सफल भयो। नवाजका अध्यक्ष चिरञ्जीवी तिवारीले खेलका मध्यमबाट अस्ट्रेलिया आएका नयाँ विद्यार्थीहरूलाई कुलतबाट टाढा राख्न फुटबलले मद्दत गरेको एसबीएस नेपालीसँगको कुराकानीका क्रममा बताएका छन्।
सन् २०२६ मा हुन गइरहेको फिफा विश्वकपको नयाँ संस्करणका लागि अस्ट्रेलिया छनौट भएको छ। जापान र साउदी अरेबियालाई हराएपछि विश्वकपका लागि अस्ट्रेलियाले स्थान पक्का बनाएको हो। यसै सन्दर्भमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्व कोषाध्यक्ष एवम् नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा टिम म्यानेजर राजु मानन्धरसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। हामीसँगको कुराकानीमा उनले जापानलाई १६ वर्ष पछि हराउन सफल अस्ट्रेलियन टोली सकरूजको जीत पछाडि कुनै स्टार खेलाडी नभएर टिम वर्क रहेको बताएका छन्।
The Nepali men's and women's teams competed in the Victorian Cup of Nations 2024 organised by Football Victoria in June. The tournament featured players from over 20 diverse backgrounds. The organiser and players spoke to SBS Nepali about the positive impact of sports on the Nepali community and the challenges faced in women's football. - भिक्टोरियामा सम्पन्न भएको भिक्टोरियन कप अफ नेसन्स २०२४ मा २० भन्दा बढी पृष्ठभूमिका टोलीहरू माझ नेपालको प्रतिनिधित्व गर्ने पुरुष र महिला तर्फका टिमहरूले सहभागिता जनाएका थिए। गत जुन महिनामा सम्पन्न उक्त प्रतियोगिता, खेलले समुदायमा पुर्याएको सकारात्मक प्रभाव र महिला फुटबलका चुनौतीहरू बारे आयोजक र खेलाडीहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
Sports enthusiasts are excited as FIFA Women's World Cup begins in Australia and New Zealand. Australia scored a 1-0 against Ireland in the opening match at Stadium Australia in Sydney. Listen to our conversation with Melbourne-based Nepali footballer Rojina Tamang as she talks about the Matildas' performance and female football participation in Australia's Nepali community. - महिला विश्वकप फुटबल अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु भएसँगै, खेलप्रेमीहरूमा उत्साह देखिएको छ। सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा बिहीवार राति भएको पहिलो खेलमा अस्ट्रेलियाले एक गोलका साथ आयरल्यान्डमाथि जीत हासिल गरेको थियो। यही सन्दर्भमा मेलबर्न निवासी युवा फुटबल खेलाडी रोजिना तामाङसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
In this final episode of "Australia ma Bhakundo" we spoke to Prerana Malla who shared her basketball journey with us both from Nepal and Australia. We then spoke to 15-year-old Yangchi Lama from Melbourne, who has played Taekwondo in the National levels in Australia. - अस्ट्रेलियामा नेपाली भकुन्डोको छैंठौ र अन्तिम भागमा फुटबल बाहेकका अन्य खेलकुद गतिविधिमा नेपाली समुदायको उपस्थितिका बारेमा चर्चा गरिएको छ। मेलबर्नकी प्रेरणा मल्लले नेपालदेखि अस्ट्रेलियासम्मको बास्केटबल यात्राका बारेमा आफ्नो अनुभव सुनाएकी छन्। यसै गरी अस्ट्रेलियामा राष्ट्रिय स्तरमा तेक्वान्दो खेल्दै गरेकी १५ बर्सिया याङ्गछी लामाले ८ वर्षदेखि नै किन तेक्वान्दोप्रति आफ्नो झुकाव रह्यो यसका बारेमा बताएकी छन्।
In this episode of ‘Nepali football in Australia’ Nepali community members have shared their experience on how regularly participating in sporting helps build mental and physical wellbeing. - शारीरिक र मानसिक विकासका लागि पनि नियमित रूपमा व्यायामको आवश्यकता पर्दछ। तर सबैसँग व्यायामका लागि समय नहुन सक्छ, तर सामुदायिक गतिविधिमा संलग्न हुँदै गर्दा वा साथीभाइसँगको भेटघाटमा पनि शरीर र मस्तिष्कलाई फाइदा हुने गतिविधि गर्न सकिन्छ भन्ने उदाहरण भिक्टोरियाको “फुटबल फर फन”ले दिएको छ।
In this 4th episode of "Nepali football in Australia" we spoke to Gum Bahadur Gurung from Sagarmatha Football Club in Sydney where he shared how his club is helping newly arrived students to overcome gambling and other mental health issues. - अस्ट्रेलियामा नेपाली फुटबलको चौथो भागमा हामीले खेलका माध्यमबाट नेपाली समुदायका सदस्यहरूले कसरी एकले अर्कालाई सहयोग पुर्याइरहेका छन् भन्ने बारेमा चर्चा गरेका छौ। यस भागमा सगरमाथा फुटबल क्लबका गम बहादुर गुरुङ्गले आफ्नो क्लबमा आबद्ध केही सदस्यहरूमा जुवा, रक्सी र लागु पर्दाथ जस्ता कुलतबाट छुटकारा पाउन पुर्याएको मद्दतका बारेमा चर्चा गरेका छन्। यस बाहेक मेलर्वनको 'फुटबल फर फन' नामक सामाजिक फुटबल टोलीमा लामो समयदेखि आबद्ध रहेका पेन्पा न्यामगेल र सफु जोशीले निजी समस्या हल गर्नेदेखि जागिर र करिअरका कुरामा क्लबका सदस्यहरूबिच हुने सहयोगका बारेमा चर्चा गरेका छन्।
In this third episode of "Nepali Football in Australia" we talk about few Nepali women's experience of playing football in Australia and Nepal. Despite men taking most of the limelight in Football in Nepali community, these women are asking for change. - अस्ट्रेलियामा नेपाली भकुन्डोको तेस्रो भागमा नेपाली समुदायका महिला सदस्यहरूको फुटबल खेलमा सक्रियताको विषय समेटेका छौ। घर, परिवार अनि कामको बोझकाबीच फुटबलका लागि समय निकाल्न कत्तिको सजिलो छ त? मिस अर्थ नेपाल समेत भइसकेकी अनुपमा गुरुङ्ग, एकल आमा बबि लामा र कृपा गुरुङ्गले आफ्नो फुटबल खेल्ने चाहनालाई अस्ट्रेलियामा कसरी पुरा गर्दैछन् भनेर पोडकास्टको तेस्रो भागमा बताएका छन्।
अस्ट्रेलियामा नेपाली भकुन्डो पोड्कास्टको दोस्रो भागमा यहाँ हुर्किरहेका दोस्रो पुस्ताका बालबालिका र किशोर किशोरीहरूले कसरी फुटबलमा व्यावसायिक बन्नका लागि यात्रा तय गरिरहेका छन् भनेर चर्चा गरिएको छ।
अस्ट्रेलियामा फुटबलको पहिलो भागमा सामुदायिक खेल गतिविधिमा नेपाली सदस्यहरू प्रवेश गर्दै गर्दा कस्ता चुनौतीहरू थिए भन्ने बारेमा चर्चा गरिएको छ। फुटबल प्रतिको लगावलाई अस्ट्रेलियाका पार्कदेखि मैदानसम्म लैजाने यात्रा कसरी सुरु भयो त? अस्ट्रेलियाको पुरानो नेपाली समुदायीक संस्था गोर्खा नेप्लीज कम्यूनीटीसँग अबद्ध भएर सन् १९९८ देखि फुटबल खेलमा संलग्न राजीव प्रधान र अनिल थापा मगरसँग गरेको कुराकानी सुन्नेछौ पोडकाष्टको पहिलो भागमा।
In this first episode of “Nepali Football in Australia” we talk about some of the challenges encountered by Nepali community members to start up community-based football in Australia back in late 90’s. And despite the challenges, for some of the players- how playing at the park leaded them to professional football grounds”. - अस्ट्रेलियामा फुटबलको पहिलो भागमा सामुदायिक खेल गतिविधिमा नेपाली सदस्यहरू प्रवेश गर्दै गर्दा कस्ता चुनौतीहरू थिए भन्ने बारेमा चर्चा गरिएको छ। फुटबल प्रतिको लगावलाई अस्ट्रेलियाका पार्कदेखि मैदानसम्म लैजाने यात्रा कसरी सुरु भयो त? अस्ट्रेलियाको पुरानो नेपाली समुदायीक संस्था गोर्खा नेप्लीज कम्यूनीटीसँग अबद्ध भएर सन् १९९८ देखि फुटबल खेलमा संलग्न राजीव प्रधान र अनिल थापा मगरसँग गरेको कुराकानी सुन्नेछौ पोडकाष्टको पहिलो भागमा।
Australia Ma Nepali Football is a podcast presented to you by SBS Nepali. This podcast will explore how Nepali migrants relied on a football, a popular community sport, to develop friendships during late 90s, and has continued to become a source of comradery and community bonding.