Nepal Red Cross Society: Recent Episodes

Nepal Red Cross Society

Nepal Red Cross Society is the largest humanitarian organization in Nepal, with a network of chapters in each of the 75 districts of the country.

District Chapters receive organizational support from more than 800 Sub-Chapters and Co-operation Committees under them.

View Details

बाढी प्रभावितलाई रेडक्रस स्वयंसेवकले पुर्याएको सेवाका बारेमा तयार पारिएको रिपोर्ट र रेडक्रस समाचार ।

View Details

बाढीकोे प्रभावका बारेमा तयार पारिएको रिपोर्ट, बाढी प्रभावित क्षेत्रमा नेपाल रेडक्रस सोसाइटीले के कसरी काम गरिरहेको छ भन्ने बारेमा विपद् व्यवस्थापन विभागका प्रमुख धर्मराज पाण्डेसँग गरिएको कुराकानी र हाम्रो स्वास्थ्य हामै हातमा स्तम्भका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान इकाइ संयोजक डाक्टर शेर वहादुर पुनको विचार ।

View Details

RedCross #NepalFlood

View Details

बाढी प्रभावित जिल्लाहरुका मानिसहरुको स्वास्थ्यका बारेमा सर्वत्र चिन्ता बढेको छ । खाना तथा पानी पर्याप्त र स्वस्थकर नपाउनु, मृत पशु तथा पंक्षीहरु, जमेको पानी, लामखुट्टे भुसुनाको समस्या, सर्पको डर लगायतका समस्याले गर्दा प्रभावित क्षेत्रका मानिसहरु पनि त्रासमा छन् ।

प्रभावित क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी निकायले स्वास्थ्य समस्याका विषयमा सबैभन्दा पहिले विचार पुर्याउनु पर्ने र सोही अनुसारका कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा प्रभावितहरुले पनि आफुले सकेसम्मको सुरक्षित हुन पहल गर्न सके महामारी वा स्वास्थ्यसम्बन्धी समस्याहरु भोग्नु नपर्ने बताउनुहुन्छ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान इकाई संयोजक डा. शेर वहादुर पुनः । थप जानकारीका लागि अडियो अपडेट सातौँ श्रृङ्खला ..........

View Details

नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाले जिल्ला दैवीप्रकोप उद्दार समितिसँगको समन्वयमा बाढी प्रभावित क्षेत्रमा राहत वितरण शुरु गरेको छ । भद्रपुर नगरपालिका, झापा , बाह्रदशी, हल्दीबारी र केचन कबल गाउँपालिका, मेची नगर, गौरीगञ्ज, विर्तामोड र कन्काइ नगरपालिकाका बाढी प्रभावित एक हजार पाँच सय ७५ घर परिवारलाई गैरखाद्य लगायतका राहत सामग्री वितरण गरिसकेको जनाएको छ । रौतहट जिल्लामा भने अहिलेसम्म पनि पानी परिरहेकाले राहत वितरण कार्य शुरु हुन सकेको छैन । प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेका कारण क्षतिको यकिन विवरण आउन बाँकी नै छ । थप जानकारीहरूका लागि सुन्नुहोस् अडियो अपडेटको छैटौँ श्रृङ्खला .......

View Details

श्ुाक्रबार रातिदेखि आएको अविरल वर्षाका कारण देशभरका २६ जिल्ला बाढी पहिरोबाट प्रभावित बनेका छन् । बाढी पहिरोका कारण अहिलेसम्म ९१ जनाको मृत्यु भएको छ । ३८ जना भन्दा बढी बेपत्ता छन् । २५ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

बाढी प्रभावित जिल्लामा नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखाहरुले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा खोज तथा उद्धार र राहत वितरण कार्य गरिरहनुभएको छ । थप जानकारीका लागि सुन्नुहोस् रेडियो कार्यक्रम रेडक्रस ..........

View Details

पानी रोकिएको छ बाढी प्रभावित क्षेत्रमा । राहत वितरणको काम शुरु भएको छ केही जिल्लाहरुमा । राहत वितरणका साथ तथ्याङ्क लिने कार्य शुरु भएको छ । मानिसको जिविकोपार्जनमा ठूलो क्षति भएकाले दुरगामी असर नराम्रो पर्ने देखिन्छ । आँखा पाक्ने, झाडापखाला, भाइरल ज्वरो तथा रुघाखोकीजस्ता समस्या देखिन थालेको छ । गाउँमा औषधी छैन । अस्पताल जान बाटो छैन । पशुपञ्छी, जनावरहरु मरेको कारण अबको दुईचार दिनमा महामारी फैलने स्थानीयहरूको आशंका छ । प्रभावित क्षेत्रमा तत्काल खाद्यका साथै सुरक्षित पिउने पानी र स्वास्थ्य सामग्रीहरुको आवश्यकता देखिएको छ । राहतका साथमा यी समस्याहरुलाई पनि सम्बोधन नगरिने हो भने स्स्वास्थ्य महामारी फैलनसक्ने देखिन्छ । अडियो अपडेटको पाँचौँ श्रृङ्खला ………………

Nepalflood #NRCS

View Details

बाढी पहिरोले देश आक्रान्त पारेको चार दिनसम्म पनि सञ्चार सम्पर्क स्थापनामा धेरै कठिनाई भइरहेको छ । आज मुश्किलले चितवनको भरतपुर क्षेत्रमा रहेको रापती नदीमा आएको बाढी र त्यसले पारेको प्रभाव अनि स्थानीय स्तरमा भएको उद्दार राहतका विषयमा केही जानकारी बटुलेकाछौँ । त्यस क्षेत्रमा स्थानीय वासिन्दाले एक अर्कोको सहयोग गरी बाढीबाट जोगिएको हामीलाई जानकारी गराउनु भयो । त्यसैले स्थानीय समुदाय नै प्रकोपको समयमा पहिलो उद्दारक हुन्छ भन्ने कुराको प्रमाण यो पनि हो । केन्द्रीय स्तरबाट राहत आउन मौसमले साथ दिनुपर्छ भनेर इटहरी पुगेर प्रधानमन्त्रीले कृष्ण प्रणामी मन्दिरमा अस्थायी आश्रय लिइरहेका सुनसरीका बाढी प्रभावितलाई सम्बोधन गर्नु अगाडी नै भरतपुर वडा नं. १३ का वासिन्दाले एक अर्कालाई सहयोग गरिरहेको पनि पायौँ । त्यहाँका प्रभावितहरुलाई छिमेकीले आश्रय दिएर राखेका रहेछन् । स्थानीय स्तरलाई विपद् न्यूनिकरण र पूर्वतयारीमा सक्षम बनाउने हो भने केन्द्रको मुख ताक्दै भोको पेटले आकाश हेरेर दिन रात बिताउनु पर्ने अहिलेको समस्याबाट मुक्ति मिल्ने थियो र प्रभावितहरुले तत्काल राहत पाउने थिए । सुन्नुहोला .......

View Details

पूर्वी तराइमा देखिएको बाढीको कहर, त्यसको प्रभाव र निरन्तरको वर्षाले उद्दार राहतमा जान नसकिएको कुरा गर्दै गर्दा मध्य तराईमा भने केही आशाका किरण देखिएका छन् । बाढीबाट निकै प्रभावित बाँके र वर्दियामा भने नेपाली सेनाले केही स्थानमा हेलिकोप्टरमार्फत् राहत पुर्याएको खबरले केही खुशी जागेकोछ । गृहमन्त्री पनि त्यस क्षेत्रमा पगिसक्नुभएको छ । आशा गरौँ पूर्वी तराइको पनि आकाश चाँडै खुल्ने छ र त्यहाँका प्रभावितहरुले राहत पाउनेछन् । अडियो रिपोर्टको तेस्रो श्रृङ्खला ........

View Details

तराईका जिल्लाहरुमा बाढीको बढ्दो प्रभावले हजारौँ मानिसहरु अलपत्र परेका छन् । दुई दिनदेखि खान बस्नको टुङो छैन । यातायात मात्र हैन सञ्चार सम्पर्क समेत विच्छेद भएको छ । यी कारणले समयमा उद्दार राहत पुर्याउन नसकिएको उद्दारकर्ताहरुको भनाई रहेको छ । हाम्रो निरन्तरको प्रयास, तराईका जिल्लाहरुमा फोन सम्पर्क गरी बाढीको प्रभाव र वर्तमान अवस्थाको बारेमा जानकारी लिने । यसै क्रममा हामीले बारा, पर्सा र महोत्तरीमा सम्पर्क स्थापना गर्न सक्यौँ । त्यहाँ पानी जमेर समस्या त छ नै, रेडक्रसकै पदाधिकारीहरु पनि बाढीको कारण न कार्यालय जान सक्ने न घर भएका छन् । पानी जमेका स्थानहरुमा सर्पको टोकाइ बढ्ने खतरा पनि देखिएको छ । यसैबीचमा धेरै जिल्लाहरुमा आज जिल्ला दैवीप्रकोप उद्दार समितिको वैठक बसिहेकोले अब केही निर्णय पक्कै होला र प्रभावितहरुले राहत पाउलान् भन्ने विश्वास गर्न सकिन्छ । दोस्रो चरणको प्रयासमा बारा, पर्सा र महोत्तरी जिल्लाबाट त्यहाँको वस्तुस्थितिको बारेमा केही आवाजहरु समेटेका छौँ । सुन्नुहोला ..............

View Details

Life has been adversely affected due to continuous rise in the water level in various major rivers in Tarai districts caused by incessant rainfall in the last couple of days. Water flow in the Saptakoshi River was recorded 269,000 cusecs, which is the highest this season. With the water level rising, 36 sluice gates were opened and the red light was switched on at the top of the barrage.

Water level is expected to rise further as the rain has not stopped. Many organizations including Red Cross are involved for the rescue and relief but they are not being able to reach to the every affected due to water logging and damage road and bridge.

View Details

Interview with Dr. Guna Nidhi Sharma, chief of Epidemiology Units of Epidemiology and Diseases Control Division:

Scrub typhus, is an acute infection that is caused by Orientia tsutsugamushi(formerly known as Rickettsia), a gram negative proteobacterium.

It is also known as tsutsugamushi disease. “Tsutsuga” means small and dangerous, and “mushi” means insect or mite. The name scrub typhus was derived from the type of vegetation (terrain between woods and clearings) that harbors the vector.

Humans are accidental hosts of this zoonotic disease. This obligate, intracellular, gram-negative bacterium has a large number of serotypes.

View Details

The National Reconstruction Authority of Nepal has fixed a deadline to rebuild houses with the government grant. According to the decision, the grant recipients have to build the houses by June-July 2018. The Authority made the decision after finding that many quake survivors spent the grant for other purposes than reconstructing their houses. Total 747,495 families had been qualified to relieve the grant being distributed in three tranches. But, not everyone has received the grant. So far only, 631,082 families have signed agreements with the NRA to build houses. Only around 2,797 houses have been completely constructed. According to the NRA records, 603,053 families received the first tranche. The numbers of families receiving the second and third tranches are 55,754 and 2,724 respectively. In a bid to smoothly release the budget, the NRA has also fixed deadlines for receiving the grant segments. Accordingly, the first, second and final tranches should be received by mid-November 2017, mid-January 2018 and mid-July 2018 respectively.

View Details

रुघाखोकी भनेर अस्पताल नगई त बस्नु भएको छैन ? धेरैदिनदेखि रुघाखोकी लागेको छ र निको भएन भने तुरुन्त अस्पताल जानू पर्छ है..... के थाहा स्वाइन फ्लु पो भयो कि ? डर देखाएको होइन, सतर्क गराएको मात्र हो । थप जानकारीका लागि कार्यक्रम रेडक्रस सुन्नुहोला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आर्चायसँगको कुराकानीमा ....

swine flu, #diseases # seasonal flu

View Details

रगत जीवन हो । यो विकल्प रहित हुनुमा नै यसको महत्वको अनुपात आँकलन गर्न सकिन्छ । मावन शरीरबाट मानव शरीरमा सञ्चार हुने एक मात्र मानव शरीरमा मात्र बन्ने यस तत्व यसलाई तपाई हामीले दान गरेमात्र अरुको जीवन बचाउन सकिन्छ । त्यसैले प्रत्येक रक्तदाता हिरो हो भनिन्छ । यही रगतको व्यवस्थापन गर्न नेपाल रेडक्रस सोसाइटीले वि.सं. २०२३ साल साउन १२ गतेदेखि रक्तसञ्चार सेवा शुरु गरेको हो । यो सेवा शुरु गरेको ५१ वर्ष भैसकेको छ । शुरुको वर्ष १५७ युनिट रगत सङ्कलन गरेको नेपाल रेडक्रसले अहिले देशका ७२ जिल्लाका १०५ स्थानबाट सञ्चालित रक्तसञ्चार सेवामार्फत् आर्थिक वर्ष २०७३÷७४ मा देशभरिबाट दुई लाख ३६ हजार सात सय ९९ यूनिट रक्त सङ्कलन गरी तीन लाख ३७ हजार तीन सय २१ विरामीलाई रगत तथा रक्ततत्व वितरण गरेको छ । यस आ.ब.मा तीन हजार सात सय ५३ वटा घुम्ती रक्त सङ्कलन कार्यक्रमहरु सञ्चालन भएका छन् । यो सबै स्वयंसेवी रक्तदाताहरुमा भरिएको मानवीय भावनाले गर्दा नै हो । उहाँहरुको योगदानले नै रेडक्रसले रगतको मागलाई सम्वोधन गरिरहेको छ । अझै पनि सम्पूर्ण मागलाई धान्न सक्ने अवस्था आइसकेको छैन । त्यसैले धेरै भन्दा धेरै मानिसहरुले यसमा सहभागिता जनाइदिनुभयो भने रगतको अभावमा कसैले मर्न नपरोस् भन्ने कुराको सुनिश्चितता हुने थियो ।

View Details

भूकम्पपछिको पुुनर्निर्माण र पछिल्लो अवस्थाका बारेमा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्द पोखरेलसँगको कुराकानी ।

View Details

Thyroid disease is a common problem that can cause symptoms because of over- or under-function of the thyroid gland. The thyroid gland is an essential organ for producing thyroid hormones, which maintain are body metabolism. The thyroid gland is located in the front of the neck below the Adam's apple. You can listen this episode for better understanding of Thyroid diseases and precaution. Interview with Endocrinology Diabetes and Metabolism specialist Dr. Jyoti Bhattarai.

View Details

World Blood Donors Day 2017 Your Donation matters- Everyone has a life-saving gift which is Blood. Bring a life back to power. Make blood donation.

View Details

Giving voice to unheard: Story of Chanchala Nepali, Godawari, Lalitpur, Goma Shrestha, Sittalpati, Sindhuli and Yagya Shrestha, Sittalpati, Sindhuli about their livelihood.

earthquakeaffected#nepal#livelihood#sindhuli

View Details

भूकम्प पुनर्निर्माणको पछिल्लो अवस्थाका बारेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राचार्य डाक्टर गोविन्दराज पोखरेलसँग गरिएको कुराकानी ।

View Details

रेडियो कार्यक्रम मानवताका लागि हातेमालो–श्रृङ्खला १२२, २०७३ फागुन २१ गते ।

विपद् प्रतिकार्य कृत्रिम घटना अभ्यास–नुवाकोट । भूकम्प र आगलागी विशेष ।

View Details

रेडियो कार्यक्रम मानवताका लागि हातेमालो । नुवाकाेटकाे काहुलेबाट स्थलगत रिपोर्ट , रेडियो नाटक कथामाला र रेडक्रस समाचार । सुनेर प्रतिक्रिया दिनुहोला ।

View Details

रेडियो कार्यक्रम मानवताका लागि हातेमालो । दोस्रो किस्ताको ढिलाईले भूकम्प प्रभावितमा पारेको प्रभावका बारेमा काभ्रेबाट प्राप्त रिपोर्ट, रेडक्रसले आवास निर्माणका लागि काम गरिरहेको क्षेत्रको अवस्था र दोस्रो किस्ताका बारेमा नेपाल रेडक्रसको भूकम्प प्रतिकार्य कार्यक्रमका आवास संयोजक दिपक गिरीसँगको कुराकानी, रेडियो नाटक कथामाला र रेडक्रस समाचार । सुनेर प्रतिक्रिया दिनुहोला ।

View Details

रेडक्रसले भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत सञ्चालन गरेको जिविकोपार्जन कार्यक्रमका बारेमा भक्तपुरबाट प्राप्त रिपोर्ट, नेपाल रेडक्रस सोसाइटी भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत सञ्चालित जिविकोपार्जन कार्यक्रम संयोजक सरोज श्रेष्ठसँग रेडक्रसले सञ्चालन गरेको जिविकोपार्जन कार्यक्रमका बारेमा गरिएको कुराकानी, रेडियो नाटक कथामाला र रेडक्रस समाचार ।

View Details

रेडियो कार्यक्रम मानवताका लागि हातेमालो , नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापासँग भूकम्प पुनर्निर्माणमा रेडक्रसले गरेका कार्यहरु र उपलव्धीका विषयमा गरिएको कुराकानी .

View Details

बढ्दो चिसोले भूकम्प प्रभावितलाई पारेको प्रभाव र भूकम्प प्रभावितले दोस्रो किस्ता रकम कहिले पाउँछन् भन्ने विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्तासँगको कुराकानी, साथमा रेडक्रस समाचार ।

View Details

देशभर बढ्दै गरेको चिसो र यसले पारेको प्रभावका बारेमा नुवाकोट, काभ्रे, सिन्धुली र ओखलढुङ्गाबाट प्राप्त रिपोर्ट, चिसोबाट बच्ने उपायका बारेमा डाक्टर किरण आचार्यसँगको कुराकानी र रेडक्रस समाचार।

View Details

खुल्ला दिशामुक्त अभियानका काभ्रे र रसुवाबाट प्राप्त रिपोर्ट, चर्पी दिवस र सरसफाइमा चर्पीको महत्वका बारेमा खानेपानी तथा सरसफाइ विभाग वातावरणीय शाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर प्रेमकृष्ण श्रेष्ठसँगको कुराकानी, सरसफाइका क्षेत्रमा नेपाल रेडक्रसको भूमिकाका विषयमा नेपाल रेडक्रस सोसाइटीका खानेपानी सरसफाइ कार्यक्रम निर्देशक मुक्ति पोखरेलसँग गरिएको कुराकानी र रेडक्रस समाचार ।

View Details

पुनर्निर्माणका बारेमा भक्तपुर र सिन्धुलीबाट प्राप्त रिपोर्ट, भूकम्प प्रतिकार्य कार्यक्रमका विषयमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वासँग गरिएको कुराकानी र रेडक्रस समाचार ।

View Details

सुरक्षित भवन निर्माणका बारेमा भूकम्प प्रभावितमा भएको अन्योलता सम्बन्धी सिन्धुली र रसुवाबाट प्राप्त रिपोर्ट, सुरक्षित आवास निर्माणका बारेमा रामेछापबाट प्राप्त जनआवाज र सुरक्षित आवास निर्माण लगायत समग्र पुनर्निर्माणमा नेपाल रेडक्रस सोसाइटीले के गरिरहेको छ त ? भन्ने बारेमा नेपाल रेडक्रस सोसाइटी भूकम्प प्रतिकार्य कार्यक्रमका कार्यक्रम व्यवस्थापक कमल निरौंलासँग गरिएको कुराकानी र रेडक्रस समाचार ।

View Details

सडक दुुर्घटना बढ्रनुको कारण र त्यसको न्युनीकरणका उपायहरुका विषयमा सर्वसाधारणहरुको सुझाव समेटेर तयार पारिएको रिपोर्ट र सडक दूर्घटना र यसका कारण तथा न्यूनीकरण साझेदारीका विषयमा महानगरीय ट्राफिक प्रहरी महाशाखा भक्तपुरका प्रमुख कृष्ण बहादुर थापासँग गरिएको कुराकानी ।

View Details

विपद न्यूनिकरणका लागि नेपाल रेडक्रसको पहलसम्बन्धी नेपाल रेडक्रस सोसाइटी विपद व्यवस्थापन विभागका प्रमुख धर्मराज पाण्डेसँगको कुराकानी र रेडक्रस समाचार ।

View Details

डकर्मी तालिम लिइरहेका व्यक्तिहरुसँगको कुराकानीमा आधारित रिपोर्ट र भूकम्प प्रभावितहरुका लागि नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरिरहेको कार्यक्रमका विषयमा भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमश ढकालसँग गरिएको कुराकानी।

View Details

रेडियो कार्यक्रम मानवताका लागि हातेमालोले १०० अङ्क पूरा गरेको उपलक्ष्यमा विभिन्न व्यक्तिहरुले कार्यक्रमका लागि दिनुभएको शुभकामना सन्देश, कार्यक्रमबा विषयमा श्रोताहरुको विचार, कार्यक्रमको प्रभावकारितासम्बन्धमा श्रोताहरुको प्रतिक्रिया सहितको रिपोर्ट र रेडक्रस समाचार ।

View Details

पुनःसंकलन गरिएको लगत संकलनमा नाम समावेश नभएपछिको प्रभावितको अन्योलतासम्बन्धी सिन्धुली प्राप्त रिपोर्ट, पहिलो किस्तामा भएको ढिलाइका बारेमा नुवाकोटबाट प्राप्त रिपोर्ट, पुनर्निर्माणका लागि गरिएको लगत सङ्कलन र त्यसले बढाएको अन्यौलता तथा पुननिर्माण कार्यमा भएको ढिलाईका बारेमा नेपाल पुननिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियासँगको कुराकानी र रेडक्रस समाचार ।

View Details

प्राथमिक उपचारका बारेमा सिन्धुली र ओखलढुङ्गाबाट प्राप्त रिपोर्ट, विश्व प्राथमिक उपचार दिवसका बारेमा नेपाल रेडक्रस सोसाइटीका प्राथमिक उपचार महाशाखा प्रमुख कृष्ण घिमिरेसँगको कुराकानी र रेडक्रस समाचार ।

View Details

नेपाल रेडक्रस स्थापना दिवससम्बन्धी रिपोर्ट र रेडक्रस समाचार ।

View Details

अन्तराष्ट्रिय बेपत्ता दिवसका सन्दर्भमा तयार पारिएको रेडियो आलेख अझै कति पर्खने, वेपत्ता व्यक्तिहरुको खोजी र सत्यतथ्य सार्वजनिक गर्ने बारे बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका सचिव महेश शर्मा पौडेलसँगको कुराकानी र रेडक्रस समाचार।

View Details

अन्तर्राष्ट्रिय वेपत्ता दिवससम्बन्धी रिपोर्ट र रेडक्रस समाचार ।

View Details

समुदायमा बढेको स्वास्थ्य समस्याबारेमा सिन्धुलीबाट प्राप्त रिपोर्ट, रामेछाप जिल्लामा देखिएको टाइफाइड र भाइरल रोगका बारेमा तयार पारिएको रिपोर्ट, रामेछापमा देखिएको टाइफाइड र ज्वरोको प्रभाव र बच्ने उपायका बारेमा जिल्ला अस्पताल रामेछापका मेडिकल अधिकृत डा. सुवास पाठकसँगको कुराकानी, कथामाला र रेडक्रस समाचार।

View Details

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापा दक्षिण कोरियाको प्रख्यात हान्सो विश्व विद्यालयबाट मानार्थ विद्यावारिधि (पिएचडी)ले सुशोभित हुनुभएको छ ।

दक्षिण कोरियाको सउलमा शुक्रबार आयोजित एक विशेष कार्यक्रममा हान्सो विश्वविद्यालयका सभापति डा. हामकी सूनले थापालाई सो सम्मान प्रदान गर्नुभएको हो ।

समुदायको सेवा, विपद् व्यवस्थापन र मानवीय सेवाको क्षेत्रमा नेपाल रेडक्रस सोसाइटी र अध्यक्षबाट भएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो । सोही सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीले मङ्गलबार केन्द्रीय कार्यालयमा एक विशेष सम्मान तथा वधाई कार्यक्रमको आयोजना गरेको थियो । प्रस्तुत छ सो कार्यक्रमसम्बन्धी तयार पारिएको रिपोर्ट ।

View Details

समुदायको सेवा, विपद् व्यवस्थापन र मानवीय सेवाको क्षेत्रमा नेपाल रेडक्रस सोसाइटी र अध्यक्षबाट भएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो । सोही सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीले मङ्गलबार केन्द्रीय कार्यालयमा एक विशेष सम्मान तथा वधाई कार्यक्रमको आयोजना गरेको थियो । प्रस्तुत छ सो कार्यक्रममा अध्यक्ष थापाले दिनुभएको मन्तव्यको सार संक्षेप ।

View Details

यो अकंमा कार्यक्रममा स्क्रब टाइफससम्बन्धि विरामीका आफन्तका भनाइ सहितको रिपोर्ट, स्क्रब टाइफसका लक्ष्यण र बच्ने उपायका बारेमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपप्राध्यापक एवं बालरोग विशेषज्ञ डाक्टर दिनेश धरेलसँगको कुराकानी, रेडियो नाटक कथामाला र रेडक्रस समाचार समेटिएको छ ।

View Details

भूकम्प पछिको अवस्थाको बारेमा काभ्रे, नुवाकोट र सिन्धुलीबाट प्राप्त रिपोर्ट, रेडियो नाटक कथामाला र रेडक्रस समाचार।

View Details

वर्षायाममा भूकम्प प्रभावितको बसाइका बारेमा सिन्धुलीबाट प्राप्त रिपोर्ट, अस्थायी बासस्थानमा वर्षातको बसाइका बारेमा नुवाकोटबाट प्राप्त जनआवाज, वर्षायाममा मानव स्वास्थ्यमा देखिएका समस्या समाधानका उपायका बारेमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुन्सन्धान इकाई संयोजक डाक्टर शेरबहादुर पुनसँग गरिएको कुराकानी, रेडियो नाटक कथामाला र रेडक्रस समाचार ।

View Details

बाढीले जिल्लामा पारेको असरका विषयमा बाँकेबाट प्राप्त रिपोर्ट, अहिले भइरहेको बाढी पहिरोमा उद्धार र राहतका बारेमा गृह मन्त्रालय विपद व्यवस्थापन महाशाखा प्रमुख विनोद के.सी. सँग गरिएको कुराकानी, रेडियो नाटक कथामाला र रेडक्रस समाचार ।

View Details

नुवाकोटका भूकम्प प्रभावितहरुलाई पहिलो किस्ता रकम वितरण, सिन्धुपाल्चोकमा सुरक्षित आवास निर्माण तालिम, भूकम्प प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्यासम्बन्धमा विज्ञको भनाइ र रेडक्रस समाचार ।

View Details

ओखलढुङ्गाबाट प्राप्त विपद् व्यवस्थापन र पूर्वतयारीसम्बन्धी रिपोर्ट, पहिरोको जोखिम न्यूनिकरणका लागि गरिएका प्रयासका बारेमा नुवाकोटबाट प्राप्त रिपोर्ट तथा भूकम्प प्रभावित दोलखाका किसानका पीडा समेटिएको रिपोर्ट, रेडियो नाटक कथामाला र रेडक्रस समाचार ।

View Details

सिन्धुपाल्चोकमा बाढीले पारेको प्रभाव र उद्धारका लागि गरीएका प्रयासका बारेमा रिपोर्ट, रेडियो नाटक कथामाला र रेडक्रस समाचार ।

View Details

पानी शुद्धिकरणका उपायहरुका बारेमा खानेपानी तथा ढल निकास विभाग खानेपानी प्रयोगशाला प्रमुख नारायण प्रसाद खनालसँगको कुराकानी र रेडक्रस समाचार ।

View Details

स्थानीय विपद् जोखिम न्यूनिकरण छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्बन्धि रिपोर्ट, संङघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले विपद व्यवस्थापनमा कसरी काम गरिरहेको छ भन्ने बारेमा मन्त्रालय अन्र्तगत रहेको विपदव्यवस्थापन शाखा प्रमुख ऋषिराज आचार्यसँगको कुराकानी, स्थानीय विपद व्यवस्थापन समितिलाई कसरी दिगो बनाउन सकिन्छ भन्नेबारेको जनआवाज, रेडियो नाटक कथामाला र रेडक्रस समाचार ।

View Details

वर्षायाममा हुने सक्ने बाढीको पूर्वसुचना प्रणालीका विषयमा जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको जल विज्ञान महाशाखाका उपनिर्देशक रामगोपाल खर्वुजासँगको कुराकानी र रेडक्रस समाचार ।

View Details

मनसुन पुर्व तयारीका बारेमा नेपाल रेडक्रस सोसाइटी विपद व्यवस्थापन विभागका उपनिर्देशक ऋषीरमण खनालसँगको कुराकानी, कैलालीका गेज रिडरहरुको भनाई, रेडियो नाटक कथामाला र रेडक्रस समाचार।

View Details

भूकम्प पुृनर्निर्माणसम्बन्धमा सिन्धुलीबाट प्राप्त रिपोर्ट, वर्षायामको तयारीका बारेमा भूकम्प प्रभावितको आवाज, पुनर्निर्माण कसरी अगाडि बढीरहेको छ भन्ने बारेमा नेपाल पुननिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियासँगको कुराकानी, रेडियो नाटक कथामाला र रेडक्रस समाचार ।

View Details

मकवानपुर जिल्लाबाट प्राप्त पुननिर्माणसम्बन्धी रिपोर्ट, सुरक्षित आवास निर्माणका बारेमा शहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका उपनिर्देशक परिक्षित कडरियासँग सुरक्षित आवास निर्माणका बारेमा गरिएको कुराकानी, रेडियो नाटक कथामाला र रेडक्रस समाचार ।

View Details

विश्व वातावरण दिवसका सन्दर्भमा आयोजना गर्न लागिएको १७ औँ राष्ट्रिय सरसफाइ सप्ताहसम्बन्धमा राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव प्रेमकृष्ण श्रेष्ठसँग गरिएको कुराकानी, सरसफाइमा नेपाल रेडक्रस सोसाइटीको भूमिका विषयमा नेपाल रेडक्रस सोसाइटी, जुनियर युवा विभागका कामु निर्देशक मुक्ति पोखरेलसँगको कुराकानी, खानेपानी अभावसम्बन्धमा नुवाकोटबाट प्राप्त रिपोर्ट र रेडक्रस समाचार ।

View Details

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रेडियो कार्यक्रम रेडक्रस ६०० भाग पूरा गरेको सन्दर्भ विशेष कार्यक्रम ।

View Details

भूकम्प प्रभावितको अवस्थाका बारेमा विभिन्न जिल्लाबाट प्राप्त रिपोर्ट, रेडियो नाटक कथामाला र रेडक्रस समाचार ।

View Details

भूकम्प प्रभावित रसुवा हाकु कि पवित्रा भण्डारीको मनोवाद, वर्षामा भूकम्प पिडितको बसाइका बारेमा नुवाकोटबाट प्राप्त रिपोर्ट, अब शुरु हुने मनसुन कस्तो हुनसक्छ ? र त्यसको तयारीका लागि के गर्नुपर्छ भन्ने बारेमा जल तथा मौसम विज्ञान विभागका मौसमविद् मिन कुमार अर्याल सँगको कुराकानी, रेडियो नाटक कथामाला र रेडक्रस समाचार ।

View Details

सडक सुरक्षासम्वन्धी स्थलगत रिपोर्ट, सडक सुरक्षाका बारेमा ट्राफिक महाशाखाका प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद भट्टसँगको कुराकानी, रेडियो नाटक कथामाला र रेडक्रस समाचार

View Details

नगरकोट नगरपालिका वडा नं. ११ का नवराज विश्वकर्माको मनोवाद, भूकम्पपछिको पुनर्निर्माणमा प्राधिकरणले गरेको कार्यका बारेमा नेपाल पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियासँगको कुराकानी, नेपाल रेडक्रस सोसाइटीको भूकम्प पुनर्निर्माण तथा पुर्नलाभ कार्यक्रमका विषयमा नेपाल रेडक्रस सोसाइटी भूकम्प प्रतिकार्य कार्य सञ्चालन केन्द्रका प्रमुख उमेश प्रसाद ढकालसँगको कुराकानी र रेडक्रस समाचार ।

View Details

गत बैशाख १२ को विनाशकारी भूकम्पपछिको असर र पुनर्निर्माणका बारेमा जिल्लाहरुबाट प्राप्त रिपोर्ट र रेडक्रस समाचार ।

View Details

मानवीय उप प्रधान एवं महिला, बालबालिका तथा समाज कल्याणमन्त्री चन्द्र प्रकाश मैनालीसँग महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुका सवालमा गएिको कुराकानी ।

View Details

भूकम्पले पानीका स्रोतमा पारेको प्रभावसम्बन्धमा सिन्धुलीबाट प्राप्त रिपोर्ट, पानीको अभाव र त्यसको आपूर्तिका विषयमा खानेपानी तथा ढल निकास विभाग, विपद् जोखिम व्यवस्थापन शाखाका प्रमुख रजीत ओझा सँग गरिएको कुराकानी, विश्व पानी दिवसका सन्दर्भमा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रामचन्द्र देवकोटासँग गरिएको कुराकानी, पानी, पानीको प्रयोग, सुक्षित पानी र पानी शुद्धिकरणका विषयमा खानेपानी इञ्जिनियर र चिकित्सकका कुरा र रेडक्रस समाचार ।

View Details

जुनियर युवाको ३७औँ राष्ट्रिय गोष्ठीसम्बन्धी सामग्री ।

View Details

सडक र सवारी स्थलगत रिपोर्ट, सडक सुरक्षा कार्यशालासम्बन्धी रिपोर्ट, सडक सुरक्षाका बारेमा सर्वसाधारणको विचार, रेडक्रस समाचार, तपाईंको जिज्ञासा हाम्रो जवाफ र साताको प्रश्न ।

View Details

अन्तर्राष्ट्रिय विपद प्रतिकार्यसम्बन्धी कानुनी संरचना सुदृढीकरण कार्यशालासम्बन्धी रिपोर्ट, सो कार्यशालाका सहभागीहरुको विचार, अन्तर्राष्ट्रिय विपद् प्रतिकार्य कानुनका विषयमा नेपाल रेडक्रस सोसाइटीका कानुन निर्देशक विजय दाहालसँग गरिएको कुराकानी, रेडक्रस समाचार, तपाईंको जिज्ञासा हाम्रो जवाफ र साताको प्रश्न।

View Details

सडक सुरक्षासम्बन्धी स्थलगत रिपोर्ट, सडक सुरक्षाका बारेमा नेपाल प्रहरी ट्राफिक महाशाखाका प्रहरी नायक उपरीक्षक राजेन्द्र प्रसाद भट्टसँग गरिएको कुराकानी, रेडियो नाटक कथामाला र रेडक्रस समाचार ।

View Details

भूकम्पसम्बन्धी पाठ सिकाइ कार्यशाला र सामुदायिक उत्थानशील परियोजनाको वार्षिक समीक्षा कार्यक्रमको रिपोर्ट र रेडक्रस समाचार । #community #resilience #nepalearthquake

View Details

रेडियो कार्यक्रम मानवताका लागि हातेमालो

विपद् लेखाजोखा निर्देशिका र यससम्बन्धी प्रशिक्षणका विषयमा तयार पारिएको रिपोर्ट, संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (युएनएफपिए)का क्षेत्रीय संयोजक राम थापा र नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक भोजराज घिमिरेसँग विपद् लेखाजोखा प्रशिक्षणको सेरोफेरोमा रहेर गरिएको कुराकानी, गृह मन्त्रालय, विपद् व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दङ्गालसँग विपद् लेखाजोखा निर्देशिका र यसको व्यवहारिक कार्यान्वयनका विषयमा गरिएको कुराकानी, साथमा रेडक्रस समाचार र श्रोता सहभागिता ।

disasterassessment

View Details

संरक्षण विषयगत क्षेत्र रणनीतिक कार्ययोजना कार्यशाला विषयमा तयार पारिएको रिपोर्ट, संरक्षण विषयगत क्षेत्र रणनीतिक कार्ययोजना तयारी र कार्यान्वयका विषयमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीसँग गरिएको कुराकानी र रेडक्रस समाचार । #protection#cluster#disaster#nepalearthquake

View Details

श्रोताहरुका प्रश्न तथा जिज्ञासा र हाम्रो जवाफ ।

View Details

हिंसाविरुद्ध लडिरहेकी बौद्ध काठमाडोँकी सरिता लामासँग गरिएको कुराकानीमा आधारित भएर तयार पारिएको रिपोर्ट, महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष मनु हुमागाई के.सी.सँग गरिएको कुराकानी, रेडक्रस समाचार र तपाईंको प्रश्न हाम्रो जवाफ ।

stop#women#violence#campaign 16days#campaign#against#women#violence#nepal

View Details

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका सन्दर्भमा नेपाल रेडक्रसमार्फत् स्वयंसेवा पुर्याइरहनु भएका प्रतिनिधि स्वयंसेवकहरुको योगदानलाई समेटेर तयार पारिएको रिपोर्ट।

IVD #volunteerism

View Details

अपाङगता भएका व्यक्तिहरूको अर्न्तराष्ट्रिय दिवसका सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदीसँग गरिएको कुराकानी, नेपाल रेडक्रस सोसाइटीको अपाङ्गतासम्बन्धी नीति र यसका गतिविधिहरुका विषयमा मानवीय मूल्य तथा सञ्चार विभागका प्रमुख दिव्यराज पौडेलसँग गरिएको कुराकानी र भूकम्प प्रभावित अपाङ्गता भएका व्यक्तिहरुको आवाज ।

View Details

२८ औं विश्व एड्स दिवसका सन्दर्भमा प्यूठान जिल्लामा संचालित एचआइभी, मानव बेचबिखन तथा समाजिक भेदभाव विरुद्ध युवा शक्तिकरण कार्यक्रमको अन्तरक्रियमा सहभागी भएकाहरु सँगको कुराकानी र एचआइभीबाट बच्ने उपायका बारेमा सर्बसाधारणको भनाई ।

View Details

नेपाल रेडक्रसले प्रदान गर्ने मौसमी सहयोग (Seasonal Support)सम्बन्धमा नेपाल रेडक्रस सोसाइटी, विपद् व्यवस्थापन विभागका निर्देशक धर्मराज पाण्डेसँग गरिएको कुराकानी, काठमाडौँको साँखुमा वितरण गरिएको जाडोको लागि सहयोगका विषयमा तयार पारिएको रिपोर्ट र जाडो सहयोग प्राप्त गर्नुहुने महानुभावहरुको भनाई ।

View Details

दोलखाको सुष्पाक्षमावती गाविसका भूकम्प प्रभावितहरुको दिनचर्या, जाडो जगेडा र सुरक्षित घर निर्माण जनशक्तिको भनाईसहितको स्थलगत रिपोर्ट र सुरक्षित पुर्ननिर्माण कार्यक्रमको अवलोकन भ्रमणको रिपोर्ट । #Nepalearthquake

View Details

मधुमेह रोग र यसबाट बच्ने उपायहरुका विषयमा मधुमेह रोग विशेषज्ञ डा. मिमी गिरीसँग गरिएको कुराकानी ।

diabetes

View Details

दाङको पञ्चकुले गाविसका मानिसहरुले कसरी हात धुने गर्नुभएको छ भन्ने सन्दर्भमा गरिएको प्रदर्शनी र कुराकानी, विश्व हात धुने दिवससम्बन्धी भोजपुरबाट किरण राईले पठाउनुभएको रिपोर्ट र सरसफाइजन्य रोग र निराकरणका प्रयासका विषयमा खानेपानी तथा ढल निकास विभाग, वातावरणीय सरसफाइ तथा दैविप्रकोप व्यवस्थापन शाखाका प्रमुख रमाकान्त दुवाडीसँग गरिएको कुराकानी र हात धुनुपर्ने कारणबारे सर्वसाधारणको भनाई

View Details

विश्व प्राथमिक उपचार दिवससम्बन्धी रिपोर्ट, विश्व प्राथमिक उपचार दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटीका प्राथमिक उपचार महाशाखाका प्रमुख कृष्ण घिमिरेसँग गरिएको कुरा र जेष्ठ नागरिकका लागि प्राथमिक उपचारको महत्वका विषयमा सर्वसाधारणको भनाई ।

View Details

नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवससम्बन्धी रिपोर्ट, नेपाल रेडक्रस सोसाइटीको स्थापना र यसका आरोहअवरोहका विषयमा महामन्त्री देवरत्न धाख्वासँग गरिएको कुराकानी ।

View Details

वेपत्ता आयोग गठन, यसको काम र अहिलेसम्मको उपलव्धीका विषयमा वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकसँग गरिएको कुराकानी ।

View Details

पानीजन्य रोग, यसको रोकथाम र उपचार ।

View Details

प्राथमिक उपचार सेवाका विषयमा वैशाख १२ को भुकम्पको कारण घाइते भएका व्यक्तिहरुको भनाई र नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचार सेवाका विषयमा स्वास्थ्य सेवा विभाग प्राथमिक उपचार महाशाखाका प्रमुख कृष्ण घिमिरेसँग गरिएको कुराकानी

View Details

वैशाख १२ र त्यसपछिका भूकम्पमा नेपाल रेडक्रस सोसाइटीको प्रतिकार्य र भूकम्प प्रभावितहरुको लागि सञ्चालन गरिने पुनर्लाभ गतिविधिहरुका विषयमा भूकम्प प्रतिकार्य कार्यसञ्चालन प्रमुख उमेश प्रसाद ढकालसँग गरिएको कुराकानी ।

nepal earthquake, #Nepal Red Cross

View Details

वर्षायाममा हुने रोगहरु, त्यसको कारण र समाधानका विषयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीसँग गएिको कुराकानी र सरसफाईसम्बन्धी चेतनामूलत गीत ।

View Details

भूकम्प प्रभावित क्षेत्रमा भइरहेको फोहोरमैला व्यवस्थापनसम्बन्धी रिपोर्ट, फोहोरमैला व्यवस्थापन हुन सनक्नुमा कसको दोष भन्ने विषयमा सर्वसाधारणको बुझाइ र ललितपुर उपमहानगरपालिकाका फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख प्रदिप अमात्यसँग गरिएको कुराकानी ।

View Details

सिन्धुपाल्चोक जिल्लाको साँगाचोक गाविसका भूकम्प प्रभावितहरुको पीडा समेटेर तयार पारिएको आलेख, राहत पाउन छुट भएकी वृद्धाको गुनासो, तथा गाविस सचिव र स्थानीय जनप्रतिनिधिको राहत दिलाउने आश्वासन ।

View Details

४९औँ रक्तसञ्चार सेवा दिवससम्बन्धी रिपोर्ट, रक्तसञ्चार। सेवाका विषयमा सेवाग्राहीको धारणा र रक्तदान कसले, कहिले कसरी गर्ने भन्ने विषयमा जानकारी ।

View Details

भूकम्पको कारण त्रिपालमुनि बस्न वाध्य मानिस र पोषण विषयमा तयार पारिएको रिपोर्ट, साँखुका अस्थायी शिविरमा बस्ने भूकम्प प्रभावितहरुको पोषणको अवस्था र खाद्यगुणस्तरका विषयमा साँखुका सुवर्ण श्रेष्ठसँगको भलाकुसारी, जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख श्रीकृष्ण भट्टसँग भूकम्प प्रभावित र पोषणको व्यवस्थाका विषयमा गरिएको कुराकानी ।

View Details

भूकम्पको कारण त्रिपालमुनि बस्न वाध्य मानिस र पोषण विषयमा तयार पारिएको रिपोर्ट, साँखुका अस्थायी शिविरमा बस्ने भूकम्प प्रभावितहरुको पोषणको अवस्था र खाद्यगुणस्तरका विषयमा साँखुका सुवर्ण श्रेष्ठसँगको भलाकुसारी, जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख श्रीकृष्ण भट्टसँग भूकम्प प्रभावित र पोषणको व्यवस्थाका विषयमा गरिएको कुराकानी ।

View Details

दोलखा जिल्लाको सुन्द्रावतीमा भएको राहत वितरणसम्बन्धी स्थलगत रिपोर्ट र वैशाख १२ र त्यसपछिका भूकम्पमा नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाले गरेका उद्दार राहत र हालै भइरहेको राहत वितरणका विषयमा जिल्ला शाखाका सभापति टीकानारायण प्रधानसँग गरिएको कुराकानी ।

View Details

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा भइरहेको राहत वितरणसम्बन्धी रिपोर्ट र जिल्लामा भइरहेको राहत वितरणका विषयमा शाखाका मन्त्री लालबहादुर थापासँग गरिएको कुराकानी ।

View Details

काठमाडौँ उपत्यकामा सञ्चालित सुरक्षित समुदायका लागि भूकम्प पूर्वतयारी कार्यक्रमको कारण हालैको भूकम्पबाट सुरक्षित रहन र समुदायलाई उद्दार राहत गर्न पुगेको सहयोगका विषयमा सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्यहरुसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको रिपोर्ट ।

View Details

रामेछापको दूरागाउँ गाविसका भूकम्प प्रभावितहरुसँगको कुराकानीमा आधारित रेडियो रिपोर्ट र रामेछाप जिल्लामा भइरहेको राहत वितरणका विषयमा नेपाल रेडक्रस सोसाइटी रामेछाप जिल्ला शाखाका सभापति शिवकुमार कार्कीसँग गरिएको कुराकानी ।

View Details

आलेखः भूकम्प प्रभावितहरुका लागि पानी तथा सरसफाइको समस्या र खानेपानी तथा ढल निकास विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर प्रदिपकुमार भुडभरीसँग भूकम्पपछिको उपत्यकाको खानेपानी तथा सरसफाइका विषयमा गरिएको कुराकानी

View Details

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष तादातेरु कोनोइको नेपाल भ्रमण विशेष

View Details

बालबालिका संरक्षण सम्बन्धमा अभिभावकहरुको भनाई, विपद् मा बालबालिकाहरुमाथि हुने दुर्व्यवहार, बेचबिखन तथा हिंसा र उनीहरुको संरक्षण का विषयमा केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालसँग गरिएको कुराकानी र बाल संरक्षण सम्बन्धी चेतनामूलक सन्देश

View Details

सिन्धुली जिल्लाका विभिन्न स्थानमा भएको राहत वितरणबाट लाभान्वितहरुको आवाज समेटेर तयार पारिएको कार्यक्रम ।

View Details

विपद् मा लैंगिक हिंसासम्बन्धमा महिला हिंसाको क्षेत्रमा कार्यरत संस्था साथीकी अध्यक्ष बन्दना राणासँग गरिएको कुराकानी । साथमा संरक्षण क्षेत्र (Protection Cluster) अन्तर्गतका सन्देशहरु ।

View Details

ताप्लेजुङ पहिरोको असर र नेपाल रेडक्रस सोसाइटीको प्रतिकार्य लाभान्वितहरुको आवाजसहित रेडक्रस ताप्लेजुङ शाखाका सभापति गणेश अधिकारीसँगको कुराकानी

View Details

भूकम्प प्रतिकार्य योजना तर्जुमा वैठकसम्बन्धी रिपोर्ट र नेपाल रेडक्रसको पारिवारिक पुनःस्थापना सेवाका विषयमा वरिष्ठ ट्रेसिङ अधिकृत सुभद्रा देवकोटासँग गरिएको कुराकानी

View Details

भूकम्प प्रतिकार्य योजना तर्जुमा वैठकसम्बन्धी रिपोर्ट र नेपाल रेडक्रसको पारिवारिक पुनःस्थापना सेवाका विषयमा वरिष्ठ ट्रेसिङ अधिकृत सुभद्रा देवकोटासँग गरिएको कुराकानी

View Details

भूकम्पले बालबालिकामा पारेको असरलाई हटाई उनीहरुमा ज्ञान, सीप र शिक्षालाई निरन्तरता दिन सञ्चालन गरिएको बालमैत्री कक्षाका विषयमा तयार पारिएको सामग्री

View Details

रेडियो कार्यक्रम मानवताका लागि हातेमालोः नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापासँग नेपाल रेडक्रस सोसाइटीको भूकम्प प्रतिकार्य र भावी कार्ययोजनाका विषयमा गरिएको कुराकानीका साथमा अपाङ्गता भएका व्यक्तिहरुमा भूकम्पले पारेको असर र प्रतिकार्यसम्बन्धी रिपोर्ट

View Details

रेडियो कार्यक्रम रेडक्रस: अपाङ्गता भएका व्यक्तिहरुमा भूकम्पले पारेको असर र नेपाल रेडक्रस सोसाइटीको राहत सहयोग

View Details

Introduction of assessment system and how the data collected is used by Red Cross. Red Cross Movement response update. Interview with NRCS Secretary General to addressing complaints about quality of food and discrimination in distribution, delays, not reaching all affected people etc. Psycho Social support – what problems might arise and how people can look after each other. PSAs – proper use of Red Cross emblem, dead body management, RFL, Water and Sanitation