बिहानै IELTS कक्षाहरूको सहजिकरणको लागि नयाँ बानेश्वरको पुग्नु मेरो दिन चर्या हो । बानेश्वरको बिहानी सिफ्ट सकेर फर्किएँ । घामले उचाई लिए संगै यहाँ यातायातका साधन तथा मानिसको चाप उहि दरमा वृद्धि हुने गर्दछ । जाउलाखेल पुग्नु थियो । निकै बेरको पर्खाई पछि सार्वजनिक नेपाल यातायात आई पुग्यो । प्रायजसो अफिस टाइममा बसहरुमा खचाखच हुने भएकाले खुट्टा राख्ने ठाउँ पाउनु नै भाग्य ठानिन्छ । रोकिएको गाडीमा चढ्नु सुरक्षित हुने भए तापनि सिट पाउने लोभले या त कमसेकम चढ्न मात्र भएपनि बिसौनी नपुगेको गाडी गुड्दा गुड्दै चढें । खालि सिट पाइएला कि भनेर आखाँ एताउता डुलाए । अहँ थिएन । पछाडि जाँदा भिडले कोचिईने पो हो कि भन्ने आशंकाले ढोका छेउमा बस्नु निको लाग्यो । "पछि उत्रिन पनि सजिलो हुन्छ । कहाँ पछि बस्नु ?" मेरो मात्र होईन होला यस्तो बिचार । दुई पाइला नसर्दै बिसौनी बाट एक हुल मान्छे चढे । चाप बढ्दै थियो । मान्छेहरू चढ्दा, ओर्लदा तथा ब्रेक लगाउदा त खपिनसक्नु हुन्छ । बसमा समाउनलाई hand rails थिएन। दाहिने र दैब्रेपट्टीका खम्बाहरुमा समातेर उभिएँ । "दुनियाँले समातेको डण्डी कति किटाणु होलान् ।" सक् सक् लागि रहेथ्यो । कति बेला गन्तव्यमा पुगुँ र सेनिटाईजर दलु भयो । ओर्लने भन्दा उक्लनेको संख्या बेसी थियो । "आज सिट पाइएला जस्तो लागेन । धेरै जसो खरानी रंगको ड्रेस लगाएका कलेजका बिध्यार्थिहरु छन् । पक्कै प्रसादी एकेडेमीका दिवा shift का हुन्। जाउलाखेल सम्म त ईनैले कब्जा जमाउने त हुन् नि ।" अर्को चोक नपूग्दै मेगा कलेजका एक हुल विद्यार्थी बसले भरियो । अब चै नसक्ने भए म ।", हात दुखेर फत्रक फत्रक । नेपाल यातायात र सार्वजनिक नेपाल यातायात चढ्नुको फाइदा भनेकै समयमै गन्तव्यमा पुग्नु हो भने अनियन्त्रित तरिकामा बस कुद्ने र एक्कासि बस रोक्नुपर्दा सबै न्युटनको पहिलो नियमको साक्षात उदाहरण भोग्नु बेफाइदा । गाडी यसरी कुदाउछन् मानौं एक घण्टामा रिङरोड परिक्रमा गर्नुछ अनि सबै चोकका यात्रु चढाउने ठेक्का इनकै हो। हातका जोर्नीहरूमा सकस भै सकेको थियो । झोलाले सिटमा बस्नेलाई नि धक्का दिँदै थियो । "के सोचिन् होलि ? चान्स मारेको त सोचे होलिन् ।" काधमा जिम्मेवारीका साथ साथै झोलाको वजन समेत उकालो लागिरहेछ अचेल । वजन चाहि कति पुग्यो मापन कहिल्यै गरिएन । कक्षा दशमा हुँदा चाहिँ पक्कै पनि तीस किलो तौल पुरा थियो । ज्यानको वजन भने अचेल ओर्हालो लागिरहेछ । पोषणको कमि महसुस गर्दैछु । घरको जस्तो खाना कस्तो हुन्छ र बाहिर । झोलाले ज्यान तल तानिरहेको थियो । बसको बेगले घरि दाहिने देब्रे त कहिले अगाडि । बसको ढोकामा झुण्डिएर यात्रा गर्न त नहुने हो तर कहिले काँही हतारको बेला नगरि पनि नहुने हुने रैछ । बिशेष गरि बिहान कलेजको टाइम र अफिस टाइममा । ढोकामा उभिदा अझै अरु मान्छे थप्न सकियोस भनेर सहचालकले झोला अर्कालाई बोक्न दिन भन्ने गर्छन् या त झोला लिएर कसैलाई बोक्न दिन्छन् । "तर यहाँ आफू त भित्र उभिएको छु । न सहचालकले झोला कसैलाई बोक्न लगाउने न त बोक्न दिने ।" छेउकीलाई झोला बोक्न रिक्वेष्ट गरौं कि झैं लाथ्यो, "Could you please hold my bag for a moment?" तर केटी संग हत्तपत्त बोलिनहाल्ने आँट भएन । "उसै त झन् अघि देखि चान्स मारेको सोचिरहेकी होलि उ । होस् छोड्दे ! आफ्नो झोला आफै बोक् । तेरो कौनसा गर्लफ्रेण्ड हुन् र उनि 'हजुरको झोला बोक्दिन्छु दिईस्यो ।' भन्नलाई । केही भन्छिन् कि भनेर उनको मुख तिर नियाले । साथीहरूसँग गफिदै थिइन् । एकाएक उनको रोल नम्बरमा आखाँ अडियो । मान्छेको नाम र नम्बर याद नहुने म, हेर्नुको कुनै औचित्य थिएन । बस बिजुलीबजार तिर पुग्यो । कालो चस्मा लाएको झिल्के सहचालक यात्रुहरूलाई पछाडि धकेल्दै थियो । " पछाडि जानुहोस् " त साझा बस बाहेक अरुमा सामान्य अनि प्रचलित डाईलक नै भै हाल्यो । मलाई अप्ठ्यारो महसुस भईरहेको थियो । जोर्निहरु दुखेर हात मुठ्ठी पार्ने र झट्काउने गरिरहेथे । सेवाको भावले हो वा मेरो झोलाले सताएर हो उनि मेरो झोला बोक्दिन्छु भनि प्रस्ताव गरिन् । मलाई 'के खोज्छस् कानो आखो!' भै हाल्यो । "Actually, I was trying to tell you the same." मनको कुरो मुखबाट फ्याट्ट निस्कियो । सायद उनी र उनका साथीहरू अचम्ममा परे मेरो अङ्ग्रेजी लवज सुनेर । घरबाट निस्किए लगत्तै मुखमा मास्क लगाउने गर्छु । " नेपाली हो कि बिदेशी हो ? बिदेशी भा भए कसरी बुझे उनले! हैन भनौं भने अङ्ग्रेजी! " सायद यस्तै मनमा आयो होला उनीहरुको । रोल नम्बरमा फेरी आखाँ गयो । हेर्यो बिर्सियो । उनीहरुको खित्का अनि हल्लाले ड्राइभरको ध्यान खिचिरहेको थियो । पछाडि फर्केर ठूला ठुला आखाँ पारेर हेर्न लाग्यो । मलाई भन्न मन थियो, " Hey girls! Beware! The driver is staring at you." तर नभन्नु उचित लाग्यो । उनको आफ्नै दुई पसेरीको झोला काखमा त छँदै थियो । मेरो पनि थपिए पछि त पक्कै पनि आधा कुईन्टल त पक्कै पुग्यो होला। उनको मुहारमा हेरेर मैले मेरो झोलाको वजन अड्कल गरे । "बिचरी!" पुलचोक झर्नुपर्ने थियो । गन्तव्य मेरो नजिकिदै थियो । झोला बोकि सहयोग पुर्याए बापत उनलाई गर्व भो या पछुतो? थाहा भएन। जे होस् आभार स्वरुप उनलाई मेरो एउटा कथाकी पात्र बनाउन ईच्छा जाग्यो । चित्र कोर्न होस् या त कथा, कविता, गीत, आदि रचना गर्न, सदा जसो म पात्रसँग अनुमति लिएझैं उनीसँग पनि अनुमति लिनु थियो । सबैको अगाडी सोध्ने वा जाउलाखेल सम्मै पुगि सँगै बसबाट ओर्लिएर नाम समेत सोध्ने भन्ने दोधार भो। "आsss होस ! पुलचोक मैं झर्छु ।" सहचालक संग हिसाब क्लिएर गरेर उनको हातबाट झोला लिए। "Thank you for your help." जवाफमा मुस्कान आयो । "Can I write a story on you?" "Okay", उनले सहमति जनाइन् । उनको नाम त सोध्दै सोधिन अनि मास्क लगाएका कारण उनलाई मेरो नाम त के अनुहार पनि थाहा हुने कुरा भएन । कथा लेखि हालें भने पनि न म उनलाई पठाउन सक्छु न त उनले माग्न नै । साङ्केतिक रुपमा 9274 भनें जसको अर्थ #9274 Facebook मा सर्च गर्नु भन्ने थियो । सायद मैले भन्न चाहेको कुरा उनले बुझिनन् । प्रतिउत्तरमा "This is my code number." भनिन् । उनका साथीहरु तथा बसका यात्रुहरूको हेक्का मलाई भएन । मुसुक्क मुस्कुराएँ अनि पुलचोकमा ओर्लिएँ । रोड पार गरे। सायद उनले झ्यालबाट मलाई हेरिन् पनि होली, "को होला यो मान्छे!" उनको कोड नम्बर दोहोर्याउने प्रयास गरेँ । 9274/ 9724/ 9274 भन्दा भन्दै अलमलिए । अंक मस्तिष्कले वचत गर्ने नसक्ने भएकाले मेसेन्जर खोलि आफ्नै मेसेजमा 9274 टिपे । हाँसो आउछ सम्झेर, मास्क लगाएको अवस्थामै उनलाई मुस्कान दिएछु । मास्क लगाएको बेफाइदा । छिट्टै कथा लेख्ने सोचमा छु । #New_Baneshor #Prasadi_Academy #Prasadiacademy #Prasadi #9274 #Bag #Sarbajanik #Nepalyatayat #Monday June 24, 2019
स्वर्गबाट यो धर्तिमा तिमी हाम्रो स्वरुपमा हो गाईको गोठमा चिसो-चिसो रातमा बेतलेहेमको सानो गाँउमा मानिसलाई बचाउन, मृत्युबाट जोगाउन उधारकर्ता जन्म लिए हामी पनि जाऔँ न उहाँलाई हेर्न , हृदयभेटी चढाउन प्रेम खबर लिएर, मानवदेही भएर मुक्तिदाता जन्म लिए हामी पनि जाऔँ न उहाँलाई भेट्न, हृदयभित्र सजाउन
à¤à¥: सà¥à¤¨à¥à¤¦à¤° पाठà¤à¤¾à¤à¤¡à¤¾à¤¹à¤°à¥à¤à¥ माà¤à¤®à¤¾ हिडà¥à¤¦à¥ थिठपाà¤à¤²à¤¾ (यà¥à¤¶à¥à¤à¥) à¤à¤¨à¤à¥ à¤à¤²à¤à¤¥à¤¾à¤à¥ बाà¤à¥à¤®à¤¾ सà¥à¤¨à¥à¤¦à¤° पाठ१)à¤à¥à¤à¥à¤à¥ थियॠसमà¥à¤¬à¤¨à¥à¤§ नॠमानिस र à¤à¤¶à¥à¤µà¤°à¤à¥ à¤à¥à¤¡à¥à¤¨à¥ थियॠपाप मà¥à¤à¤¾à¤ रà¤à¤¤à¤²à¥ धà¥à¤ à¤à¤¨à¤à¥ धà¥à¤ दिठपाप सब मà¥à¤°à¤¾ बनाà¤à¤ समà¥à¤¬à¤¨à¥à¤§ नयाठसà¥à¤¨à¥à¤¦à¤° पाठ२) तà¥à¤¡à¤¿à¤¦à¤¿à¤ परà¥à¤à¤¾à¤² सबॠपापलॠनॠबनाà¤à¤à¥ बà¥à¤²à¤¾à¤à¤¦à¥à¤à¤¨à¥ सबà¥à¤²à¤¾à¤ ठà¤à¥à¤à¤¾à¤²à¥à¤®à¤¾ बà¥à¤°à¥à¤¨ à¤à¤¨à¤à¥ बà¥à¤à¥ दिठपाप सब मà¥à¤°à¤¾ बनाठदिठसमà¥à¤¬à¤¨à¥à¤§ नयाà¤