Aarthik Abhiyan combines the interview, the events, happenings and other important activities in Nepalese Financial Market.
नयाँ के उट्पट्याङ गरुँ ? मदनसंग तितो मीठो | Teeto Meetho | Aarthik Abhiyan | Episode 99
महिला उद्यमीहरुलाई प्रोत्साहन पनि हतोत्साहित नगर्न मेरो अनुरोध छ ।डा प्रतिभा पाण्डे वैज्ञानिक उद्यमी (साइन्स आन्त्रप्रेनर)
तीन–तीनदिने भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री देउवाले भारतसँग नेपालको व्यापार घाटाका विषयमा मोदीसँग चर्चासम्म गरेको थाहा भएन । उनलाई व्यापार घाटाको बारेमा थाहा भएन वा छिमेकीका पार्टी अफिस र मन्दिर धाउने धुनमा अरू सबै मुद्दा बिर्सिए । कि यो तीर्थाटन हो, भिक्षाटन हो वा राष्ट्र प्रमुखको भ्रमण हो भन्ने भेद बिर्सिए जस्तो छ ।
निर्वाचन अधिकारीहरुलाई प्रशिक्षण प्रदान गर्ने कार्यक्रमबारे | सुर्यप्रसाद अर्याल | अभियान समाचार
मुलुकले विद्युत् बेचेर धनी बन्ने सपना देखेको दशकौं भयो । तर, विद्युत् उत्पादनमा निजीक्षेत्रलाई प्रवेश गराए पनि वितरण तथा विक्रीका लागि निजीक्षेत्रको पहललाई सरकारले सहयोग नगरिदिँदा समग्रमा जलविद्युत्को उपयोगमा मुलुक पछाडि पर्दै आएको छ ।
यो देवभूमि नेपालमा चाडबाड र उत्सव नमनाएको त दिन नै हुँदैन । प्रत्येक वर्ष मनाइने हरेक क्षेत्र, हरेक जातिका चाडपर्व कम्ती रमाइला हुँदैनन् । देवका पनि देव महादेव भनेजस्तै चाडको पनि चाड यो महान् चाड भने पाँच–पाँच वर्षमा आउँछ । तपाईं हाम्रो चाडको सम्बन्ध खोज्नुभयो भने कुनै पुराण वा धार्मिक कथासम्म पुग्नैपर्छ । तर पछि थपिएको यो नयाँ चाड चाहिँ पुराण होइन, राजनीतिसँग जोडिएको छ । अनि स्वर्गका देवतासँग होइन, धर्तीका देवतातुल्य नेतासँग सम्बन्ध राख्छ । यसको नाम हो– चुनावी पर्व । यो चाड पूरै देशैभरि मनाइन्छ ।
अहिले बैंकिबैंकिङ क्षेत्रमा देखएको तरलता अभाव बास्तवमै तरलता अभाव हो वा नयाँ कर्जा विस्तार गर्न मात्रै समस्या भएको हो ? तरलताको अभाव भन्दैमा डिपोजिटरको चेक नै साट्न नसक्ने अवस्था चाहिँ होईन् । अहिले पनि बैंकहरुको लिक्वीडिटी रेसियो सन्तोषजनक नै छ ।
नेपाललाई मेडिकल टुरिजमको गन्तव्य बनाउन सकिन्छ॥ किशोर महर्जन अध्यक्ष स्टार अस्पताल - भाग ३ स्टार अस्पतालका अध्यक्ष एवं प्रोग्रेसिभ फाइनान्सका अध्यक्ष किशोर महर्जनसँग आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले स्टार अस्पतालका गतिविधि, सेवासुविधा, स्वास्थ्य क्षेत्रका चुनौती लगायत समसामयिक विषयमा गरेको कुराकानी |
हे भगवान् ! हे लक्ष्मी माता ! अब म उल्लु बन्न चाहन्छु । मलाई आफ्नो शरणमा लिनोस् । मेरो उद्धार गर्नुहोस् । मैले मेरो जीवनको धेरै समय व्यर्थै गुमाएछु । सिद्धान्त र आदर्श भन्दै धेरै भुलियो । मित्रभन्दा शत्रु बढी बनाइयो । बल्ल अहिले बुद्धि फिरेको छ । मैले निश्चय गरेको छु कि म अब आफ्ना सबै सिद्धान्त, मूल्य, मान्यतालाई तिलाञ्जलि दिन चाहन्छु । हे माता ! यदि तपाईंले मलाई आफ्नो वाहन उल्लुको दर्जा दिनुभयो भने म त्यसलाई निष्ठापूर्वक पूर्ण इमानदारीका साथ पालना गर्नेछु । मेरो दुर्दशा तपाईंको दिव्यदृष्टिबाट लुक्नै सक्तैन । कृपा गरेर मेरो भुललाई माफी बक्सियोस् र आफ्नो प्रिय वाहन बनाइस्योस् ।
https://www.abhiyandaily.com/newscategory-detail/404734
Nepal has a very proactive regulator | Mr. Anirvan Ghosh Dastidar - CEO, Standard Chartered Bank Nepal Limited.
धितोपत्र ऐनलाई समय सापेक्ष बनाउँन आवश्यक | रमेश कुमार हमाल - अध्यक्ष, नेपाल धितोपत्र बोर्ड
झूट, सफेद झूट र तथ्यांकगर्दी | मदनसंग तितो मीठो | Teeto Meetho | Aarthik Abhiyan | Episode 95
चुनावमा केन्दृत, कांग्रेसको राष्ट्रिय अभियान बारे बोल्दै - प्रकाशमान सिंह | अभियान समाचार
अब विकास बैंकको संख्या घट्नु हुदैन | प्रद्युमन पोखरेल - प्रमुख कार्यकारी अधिकृत, मुक्तिनाथ बिकास बैंक लिमिटेड | नेपालमा हाल चार वर्गका बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् । विशेषगरी वाणिज्य बैंक र विकास बैंकको पूँजीगत फरक बाहेक व्यावसायिक प्रकृति उस्तै रहेकाले कतिपयले विकास बैंकहरूको औचित्यबारे प्रश्न समेत उठाउँछन् । यद्यपि, मुलुकको वित्तीय क्षेत्रमा विकास बैंकहरूको योगदानलाई कम आकलन गर्न भने सकिन्न । यस्तोमा विकास बैंकहरूको भूमिका के हो त ? प्रस्तुत छ, विकास बैंकहरूको सान्दर्भिकता, कार्यप्रकृति, बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको असर, समाधानका उपाय लगायत समसामयिक विषयमा डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्ष प्रद्युमन पोखरेलसँग आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानी ।
भैंसी र सरकार उस्तै उस्तै | मदनसंग तितो मीठो | Teeto Meetho | Aarthik Abhiyan | Episode 94
रंग तर्फा भन्दा पनि आफ्नो ढंग सच्याउन तिर लग्यो भेन ! - विश्वप्रकाश शर्मा | अभियान समाचार
उद्योगमा विद्युत नपुगेको ठाउँमा अझै डिजल-पेट्रोल को प्रयोग हुन्छ - प्रकाश रसाइली |अभियान समाचार
हे हाकिम ! हे महामहिम !! हे माननीय, ताननीय, हाननीय र सम्माननीयज्यूहरू !!! हामी अभागी जनताको तर्फबाट कोटीकोटी प्रणाम ! तपाईंहरूको असीम कृपाले देश एक भए पनि, जनताहरूमा भावनात्मक एकता भए पनि, व्यवहार भने सबै क्षेत्रमा छिन्नभिन्न भएको छ । यसो भएपछि सानो देश पनि ठूलो देखिन्छ । यो साह्रै राम्रो कुरा हो । जनताको हितका लागि हरेक राजनीतिक दलले आआफ्नै ढंगको लोकतान्त्रिक अभ्यास गरिरहनुभएकै छ । अब त हरेक प्रदेशले पनि सोही अनुसार आआफ्नै ढंगका भ्यूटावरे नीति, नियम र गाइडलाइन निकालिरहेका छन् र सोही अनुसार व्यवहार पनि गरिरहेकै छन् । यो अझ राम्रो कुरा हो ।
पहिले राजावाद, मण्डलेवाद, राष्ट्रवाद, प्रजातन्त्रवाद, लोकतन्त्रवाद, गणतन्त्रवाद थियो । केही समय यता आएर संघीयतावाद, जनवाद, डनवाद र अहिले धनवाद खुब चल्न थालेको छ ।
देशमा दलहरू हावी भएपछि के के न होला भनेको त दलालहरू पो हावी भए । जे हुनुपर्ने हो, त्यो चैं हुँदैन भएन । जे नहुनुपर्ने हो, त्यो चैं भइरहेको छ ।
यतिबेला देशका प्रमुख राजनीतिक दलहरू महाधिवेशनको तयारीमा जुटेका छन् । यसो भनौं उनीहरू नयाँ सपना देख्ने र देखाउने उद्योगधन्दामा व्यस्त छन् । त्यसो त शहर शहरमा, गाउँगाउँमा विविध सपनाको जादू देखाउनेहरू धेरै नै छन् ।
चतुर शासक तिनै हुँदा रहेछन्, जो जनतालाई आधारभूत कुराका लागि पनि तड्पाई राख्न सफल हुँदा रहेछन् । त्यसो गर्दा उनीहरूको भोटको आधारस्तम्भ बलियो हुँदो रहेछ ।
भारतको रंग र फूल अनि चीनका पटाका र झिलिमिली बत्ती मगाएरै सही यसपालि तिहार भने खुब मनाइयो । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ समेत सकियो र यो वर्षका मुख्य चाडपर्वहरू पनि सकिए ।
अदालतमा बेथिति भयो रे भनेर १३ भाइ न्यायमूर्तिहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको इजलाशमा समेत बसेनन् । भोलि सबै न्यायाधीशहरूले सामूहिक राजीनामा दिए भने के होला ?
यो वर्षको दशैं भर्खरै सिद्धिएको छ । तर सडक, बजार हेर्दा दशैंको ह्याङओभर अझै सिद्धिएको देखिँदैन । तिहार शुरू नभै दशैं सिद्धिने छाँट पनि छैैन ।
खोज पत्रकारहरूले प्यान्डोरा पेपर्स नामक रिपोर्ट अर्थात् प्यान्डोराको बाकस खोले । त्यो बाकसभित्रबाट कतिपय धनाढ्य नेपालीले गैरकानूनी धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा अफसोर कम्पनी खोलेर गोप्य लगानी गरेको कुरा बाहिर आयो ।
डार्बिन काकाले बाँदर सुध्रेर मानिस बनेको भनेका थिए । भनेपछि मानिस बिग्रेपछि पुनः बाँदर त हुने नै भयो । हैन र ?
देउवा सरकारले काम गरेन भन्थे । ९०३ जनालाई २० करोड खर्च गरेर तक्मा, पदक बाँड्ने निर्णय गरेछ त । अब पनि सरकारले काम गरेन भन्न पाइयो र ? तर सरकारले पदक बाँड्ने मात्र भन्न के भ्याथ्यो, यसको विरोधमा मिडियामा थुप्रै ओइरिए । यी पक्कै पनि ईष्याले जलेका हुन सक्छन्, जल्नेहरू जलिरहन्छन् ।
योजनाहरू पारदर्शी भयो भने लुटी खाने सिण्डीकेटको रित्तो हात हुन्छ । अनि निश्चित स्ट्याण्डर्ड विधि अपनाएर पारदर्शी हिसाबले दिइने अनुदानले व्यक्तिगत फाइदा नभएपछि एमसीसी राष्ट्रघाती हुँदैन त ? प्रतिशतको सवाल जो छ ।
सरकारका लागि सीमा र तुइनभन्दा पनि बढी महत्वपूर्ण थुपै्र विषय छन् सक्रिय बन्न । जस्तै– मन्त्रीमण्डल विस्तारको कुरा छ, सके एमसीसी पास गराउनु छ, विपक्षीलाई फेल गराउनु छ, आफ्नाहरूलाई सेल खुवाउनु छ ।
सडकका फोहरबाट मोहर भन्ने नारा छ । तर राजनीतिक फोहरबाट कमाइने आँकडा त अर्बतिर लागिसकेछ भन्छन् भित्रियाहरू । जति फोहरी राजनीति, उति आम्दानी बढ्ने भएपछि यो फोहर हट्ने वा हटाउने त कुरै भएन नि ।
देशमा कहीँ पनि उभिएर सु गर्ने वा थुक्ने खुल्ला स्वतन्त्रतापछि अर्को कुनै स्वतन्त्रता छ भने त्यो हो सपना देख्ने स्वतन्त्रता । करोडौं मानिसहरू यस्तै सानातिना सपना देखेर ती पूरा हुने पर्खाइमै जिन्दगी बिताइदिन्छन् ।
प्रकृतिको नियम बदलिन सक्छ, तर नेपाली नेताका चरित्र बदलिँदैन । त्यसैले चितामा जाँदै गर्दा पनि कतै पद पाउने देखियो भने देशको चिन्ता देखाएर नभएको युवाजोश निकालेर वृद्ध नेता सिंहदरबारतिर हाम्फाल्न बेर लाउँदैन ।
कैलेकाहीँ सोच्छु कि यदि सरकारी कार्यालयहरूको नाम विश्रामालय, मनोरञ्जनालय, भोजनालय, सुस्तालय, प्रेमालय र अझ कमालय राखे कसो होला ? किनकि प्रायः कार्यालयमा कार्य अर्थात् कामलाई छाडेर बाँकी सबै कुरा हुन्छ ।
नेपाली लोकतन्त्रको खुबी नै यै हो कि मन्त्रालय जानै नसक्ने मान्छे प्रधानमन्त्री हुन पाउँछ, अस्पतालबाटै देश चलाउन पाइन्छ ।
प्राकृतिक फूलबाट मुक्त भएर प्लाष्टिक र क्याक्टस सौन्दर्यबोधको नयाँ प्रतीक बनेर हाम्रा ड्रइङरूमहरूमा सजिइरहेका छन् । यसरी हामीले हाम्रो परम्पराबाट मुक्ति प्राप्त गरेर आधुनिकताको मदिरा पिइरहेका छौं ।
गरिबको परिचयपत्र बाँड्ने सरकारले दुःखीहरूलाई दुःखीयाको नयाँ परिचयपत्र चैं झुन्ड्याइदेला है ? होशियार !
बालाई सकेर अर्काको दाइलाई पगडी बाँधिदिने किङमेकरहरू किङभन्दा बढी खुशी देखिए । यस्तो रमिता त बालुबाटारमा कति कति ।
बैंकसँग ऋण लिएपछि कम्तीमा ब्याज त समयमै तिर्नुपर्छ । नतिर्ने नियत हो भने कुनै न कुनै गुण्डाग्याङ वा राजनीतिक दलको झण्डामुनि छिर्नुपर्छ ।
कमान खुस्केको घडी र लगाम खुस्केको घोडाजस्तो बनेको छ हाम्रो राजनीति । नेता हाबी हुँदै जाँदा नीति फन्टुस बन्दै गएको छ । जेमा पनि राजनीति माऊ छ । यसैले त सरकारको नीति कार्यक्रमभन्दा कुनै रियालिटी शोको बढी भाऊ छ ।
मन्त्रिपरिषद् पनि शेयर बजारजस्तै आज बढ्ने भोलि घट्ने, कुनै ठेगान नभएकोे पो भो त । हिजो मन्त्री भए, सम्मान लिँदा लिँदै भूतपूर्व । हरे ! हिजोको त्यत्रो बडेमानको माला सुक्नै नपाई जागीर चैट । हैट, असंवैधानिक छ भनेर जान्दाजान्दै कुर्सीमा बस्न कत्रो रहर ? डाँटेर, छलेर, धम्क्याएर, थर्काएर, फुक्र्याएर, अनेक थोक गरेर कुर्सी चाहिने, तर एकपल्ट पाएपछि छाड्न नहुने । ज्यान र इज्जतभन्दा ठूलो कुर्सीमा त्यस्तो कुन शक्ति छ हँ ?
वास्तवमा लोकतन्त्र भनेकै दलहरू र नेताहरू मिलेर आफूहरू पनि खाने, आफ्नाहरूलाई पनि खुवाउने तन्त्र न हो । तर एक थाल मार्सीको मूल्य थाहा नपाउनेहरूलाई खाने र खुवाउने कुरा के थाहा ?
वातावरणवादीहरू त्यत्तिकै बरबराउँछन् । विगतमा पनि देशैभरिका डाँडाकाँडामा डोजरहरू जोतिएकै हुन् । त्यतिबेला चैं यी विरोधीहरू भाङ खाएर सुतेका थिए ? अहिले चैं एकाएक विरोधमा किन जागेका ?
अब ढुंगागिटी बेचेरै धनी हुने रे । निर्यात हुने गरेको एउटै वस्तु अर्थात् देशभरिका युवा विदेश निर्यात भैसके । अनि खोप किन्न ढुंगै बेचेर भएनि पैसाको जोहो गर्नु परेन ? यो हो नि आर्थिक विकासको नेपाली मोडल । तर यो त अस्थायी मात्र हो । किनकि ढुंगागिटी त केही वर्षमा सकिन्छ । नेपालको विकासको स्थायी मोडल त अर्कै छ । फरक देशको फरक मोडल त हुन्छ नै ।
‘प्रभु ! त्यसो भए सरकार चल्छ कसरी ?’
‘सरकार धेरैजसो हेलिकोप्टर या कारमा हिँड्छ, अर्थात् विनाखुट्टै हिँड्छ ।"’
अक्सिजन, शय्या, आईसीयू, भेण्टिलेटर र औषधि नपाए पनि अहिलेसम्म सास फेरिरहन पाएकामा तपाईं हामी सबैलाई बधाई !
हाम्रो आर्तनाद सुन्ने फुर्सद नभए पनि महामहिम, माननीय, ताननीय र सम्मानीयज्यूहरूले कमसेकम हाम्रो बधाईलाई चैं कृपा गरेर स्वीकार गरिदिनुहोला है !
माछा माछा भ्याकुता ! सरकारमा नयाँ अनुहार आउनेजस्तो कुरा थ्यो । फेरि नआउने रे, अलि पछि आउने रे । तर सरकारमा जो आए पनि, जो गए पनि जनतालाई त सधैं हात लाग्यो शून्य नै हो । मिलिजुली सरकार आए पनि, झिलिमिली वा रंगीबिरंगी जस्तो आए नि त्यसले के नै फरक पर्छ र ? किनकि अहिले भएका राजनीतिका मुख्य पात्रहरू हेर्दा विगतमा उनीहरूको काम गर्ने शैली हेर्दा, जो जहिले फेरिए पनि प्रवृत्ति फेरिने छनक कतै देखिँदैन ।
अस्पताल छन्, बेड छैनन् । बेड भए पनि अक्सिजन छैन । भ्याक्सिनको त कुरै नगरौं । मिशन कमिशन भएपछि किनेर भ्याक्सिन आउने त कुरै भएन । कुनै मुलुकको कृपाले दानदातव्यमा आए पाइने हो । नत्र आश गरेर बस्ने मात्र हो । यस्तो महामारीमा सरकारले ढाडससम्म पनि दिन सकेन, बरु ढाडचाहिँ देखायो । यसरी सरकार त सक्दिनँ मात्रै पो भन्छ त । हुन पनि सरकारले के चैं सक्छ हँ ? के बजेट मात्रै हो त सरकारले सक्ने भनेको ?
जसले कुनै कुराको अभाव वा बाधा झेल्नुपर्दैन, उनीहरू पनि चिन्तित देख्ता अचम्म लाग्थ्यो । धनीहरू, तस्करहरू, ठूला पदमा पुगेकाहरू, ठूला नेता, सरकारमा बसेकाहरू सबै चिन्तित । किन होला त भनेर बुझ्दै जाँदा यस्तो तथ्य फेला पर्यो ।
पैसा धेरै हुनेका लागि थन्काउने ठाउँ, अलि अलि हुनेका लागि जाने कमाउने, नजाने गुमाउने र केही नहुनेहरूका लागि पनि गफ गर्ने ठाउँ भएको छ शेयर बजार ।
सरकार आगामी बजेट ल्याउने तयारीमा छ । सबैले बुझेकै कुरा हो कि जस्तो सरकार त्यस्तै बजेट र त्यस्तै कर । सरकार वामपन्थी भएसि बजेट पनि सोही अनुसारकै बनाउनै पर्यो । अर्थात् जनताबाट तात्तातै प्रशंसा पाउने खालका कार्यक्रम ल्याउनै पर्यो । दिगो विकास भन्ने कुरा त पछि ‘देखा जाएगा’ नै । सरकारले पनि पहिले त आफ्नो स्वास्थ्य पो हेर्ने हो, त्यसपछि अर्थतन्त्रको स्वास्थ्य ।
हुन पनि चम्चाहरू भएनन् भने त अचेल खाने काम नै आरम्भ हुन सक्तैन । त्यसैले भाँडाहरूमध्ये सबैभन्दा श्रेष्ठ चम्चा हो भने वादहरूमा सर्वश्रेष्ठ चम्चागिरी हो भनी चम्चा महात्म्यमा लेखिएको छ । हाम्रोजस्तो देशमा त चम्चाहरू सर्वव्यापी हुन्छन् । कुनै पनि संस्था होस् वा संगठन, अफिस होस् वा वासस्थान यिनीहरू सबै ठाउँमा परिचालन भइरहन्छन् ।
कामै नगरी तलब र अझ पेन्सन समेत पड्काइरहेका यतिका सरकारी कर्मचारी छन् । बिचराहरूलाई अफिसमा टाइम कसरी पास गर्ने भन्ने दुःख पनि शेयर बजारका खेलले टारी दिएकै छ ।
मुलुकमा किन औद्योगिक वातावरण बनेन, किन उद्योग खुलेनन् भनेको त उद्योगीहरू कामरेड नबनेर पो रछ । यत्ति ब्रह्मज्ञान उद्यमीहरूलाई पहिल्यै भएको भए अहिलेसम्म मुलुक कहाँ पुगिसक्थ्यो
अहिले हाम्रा देशका महान् नेताजीहरूलाई एकाएक गरीबहरूको चिन्ताले सताउन थालेको छ । त्यसैले, गरीबहरूको उत्थान गर्ने अभियानमा अहोरात्र बैठक गरिरहनु भएको छ ।
अरू क्यै नभए पनि देशमा एउटा काम त भयंकर हुने गरेको छ त । त्यो हो बैठकै बैठक । सधैं बैठकमै व्यस्त रहने हाम्रो देश सर्वोच्चको फैसलापछि त झन् बैठकमय बनेको छ ।
अन्य क्षेत्रमा विकल्प नभएकाले शेयरमा लगानी खनियो । बैंकमा पैसा फालाफाल छ रे । त्यसैले शेयर किन्नेलाई खोजी खोजी पैसा गनियो । भोलि बैंक ब्याजदर बढ्नेबित्तिकै ‘तेरा क्या होगा कालिया ?’
कम्युनिष्टहरू फुटेर ध्वस्त हुन्छन् । नफुटी ध्वस्त हुने त कांग्रेस मात्रै हो । तर शेयर बजारमा कम्पनीका सञ्चालकहरूबीच फुट छ अथवा भित्रभित्रै लुट छ भने तपार्ईं डुब्ने सम्भावना खुब छ है !
देशका इतिहासकारहरूले इतिहासलाई, संविधानका मस्यौदाकारहरूले संविधानलाई तोडमोड गरेकाले यी बाँदरहरूले किताब च्यातेका हुन् त ? कि बाँदरहरूलाई विपक्षी दलको समेत मौन सहमतिमा संवैधानिक निकायहरूमा असंवैधानिक नियुक्तिमा चित्त नबुझेको हो ?
देश हिजोआज रणभूमिजस्तो देखिन थालेको छ, नारा, जुलुस, र्याली, चलिरहेको छ । एउटै दलका दूई समूहबीच एउटाले अर्कोलाई सकेसम्म नंग्याउने, होच्याउने, अचेट्ने, घचेट्ने, निमोठ्ने उपक्रम पनि चलिरहेको छ । यस्तो लाग्छ कि साँडेहरू जुधिरहेका छन् र दुवैतर्फका समर्थकहरू बारीका कान्लामाथि बसेर आफ्नो साँडे कुर्लिंदा ताली नत्र गालीमा व्यस्त छन् । कुनै गुटमा लागि नसकेकाहरू भने देशको हाल र नेताहरूको ताल देखेर निकै चिन्तित देखिन्छन् । यसरी त भएन बा ! सरकारले अब के गर्छ भनेर बुझ्न म पनि लागेँ प्रधानमन्त्री (प्रम)को अन्तरवार्ता लिन ।
हो, गधाले कहिलेकाहीँ लात्तीले हान्छ । तर कसैलाई गोली हान्दैन । बम पड्काई हिँड्दैन । भुस खान्छ, तर घुस खाँदैन । कर छल्दैन । घोटाला वा काण्डहरू गरिहिँड्दैन ।
त्यसैले नयाँ सम्भावना पकाउन वा जनतालाई फकाउन नयाँ विषय हावामा उछाल्दै जानोस् र विरोधीहरूको सातो पुत्लो उडाउन नयाँ नयाँ षड्यन्त्र बुन्दै जानोस् । अनि त नयाँ सम्भावना आफै खुल्दै गइहाल्छन् नि । कसो ?
संसारमा एउटा यस्तो अचम्मको देश छ, जहाँ पूर्ण स्वतन्त्रता छ । त्यहाँ सबै मानिसले पूर्णरूपमा सबै किसिमका स्वतन्त्रता उपभोग गर्न पाएका छन् । यहाँसम्म कि हरेक संस्था, संगठन, एकाइहरू पनि पूर्ण स्वतन्त्र छन् अर्थात् जसलाई जे मनमा आउँछ त्यै बक्न, त्यै गर्न पाउँछन् । जसलाई जहाँ, जुन रूपले बहकिन मन लाग्छ, बहकिन पाइन्छ । यस प्रकारले मानव भएर जन्म लिएपछि जसरी जुन रूपको स्वतन्त्रताको परिकल्पना पहिलेका ठूला विद्वान् र अझ ऋषिमुनिहरूले गरेका थिए, त्यो सबैका सबै त्यै देशमा देख्न र सुन्न पाइन्छ ।
नेता भनेको त्यो हो, जसले नेतृत्व गर्न सक्छ, समाजलाई सही दिशामा डोर्याउन सक्छ । यो पुरानो परिभाषा हो । अहिलेको हाम्रो परिभाषा भने नेता भनेको त्यो हो, जसले लाभका क्षेत्रका दह्रो पारेर आफ्नो मुठ्ठी उचाल्न सक्छ । जसले काम कुरो जेसुकै भए तापनि भाषणबाजी, अन्तरवार्तामा भने राष्ट्रवाद पढाएर जनतालाई जुरुक्क जुरुक्क उचाल्न सक्छ ।
कोरोनाकोे कार्तिकनाच नसकिँदै सडकहरूमा राजावादीहरूकोे रमाइलो शुरू भैसकेको थियो । लगत्तै प्रतिनिधिसभा विसर्जन भयो र शुरू भयो ओली महाराज र ठूला टाउकेहरूको सडकमा नयाँ प्रहसन अर्थात् प्रदर्शन । तर, यो चिसोमा उनीहरूले कति दिनसम्म सडक तताइराख्लान् र खै ? जे भए पनि नेताजीहरूले जनतालाई भरपूर मनोरञ्जन प्रदान गरिरहन भने नछाड्ने भए बा ! त्यसै सुखी नेपालीको नारा ल्याएका रहेछन् र ?
कति मीठो थियो गणतन्त्रको सपना । गणतन्त्र आयो कि देश यूरोप भो । विकास त किस्तीमै आइहाल्छ कि जस्तो थियो । तर गणतन्त्र आयो भनेको, अर्कै तन्त्र पो आएछ कि क्या हो ? जनतालाई उल्याउन सबैलाई चाहिने, जनताका लागि काम गर्न सबैलाई घाँडो लाग्ने । त्यही भएर त गणतन्त्र नामक सवारीको हरिबिजोग भो !
https://www.abhiyandaily.com/newscategory-detail/379390
बितेका तीन दशक चानचुनको यात्रामा मात्रै पनि देशमा थुप्रै नयाँ खाल्टाखुल्टीहरू बने । गलैंचा, सर्पको छाला, रासायनिक मल, सुडान मिशन काण्ड, अख्तियार आयुक्त काण्ड, मेडिकल कलेज काण्ड, बालुवाटार जग्गा प्रकरण, गोरे–काले सुन काण्ड जस्ता खाल्टाहरू त बाटोमा झन् कति भेटिए कति ।
अहिले राजावादीहरू एकाएक देशको राष्ट्रिय झण्डा बोकेर सडकमा मार्च पास गरिरहेका छन् । नगरून् पनि किन ? कतिपयलाई राजतन्त्रको स्वर्णिम युगको यादले कत्ति सताउँदो हो । यो गञ्जागोलभन्दा त विगत राम्रो थियो भन्ने लाग्दो हो । सडकमा नाराबाजी गरेर नारायणहिटीमा राजाको बहाली हुन्छ भन्ने पनि लाग्दो हो । इतिहास कसलाई प्यारो लाग्दैन र ?
वास्तवमा भ्रष्टाचार त लक्ष्मीको वाहन हो । त्यही चढेर त लक्ष्मी घरघर आउँछिन्, आइरहेकी छिन् । यसैको सहारामा त पखेटाविहीन देशको लोकतन्त्र आकाशमा उडिरहेको छ ।
सभा–समारोहहरूमा गालीको मात्रा अनुसार तालीको गड्गडाहट हुन्छ । विनागाली त ताली बज्दैन नि हाम्रो नेपालमा । त्यसैले अर्कालाई गालीको हिलो छ्याप्न सक्ने, अर्कालाई नीचा देखाएर बोल्न सक्ने नेताहरूलाई सम्मानित गर्न ढिला भइसकेको छ ।
देशको राजस्वले नधानेर के भो र ? खर्च जुटाउन परे भारत, चीन र अमेरिका लगायतसँग हात फैलाए पुगिहाल्छ । नभए विश्व बैंकहरू छँदै छन् । एउटा कार्यक्रम बनायोे, ऋण कुम्ल्यायो, भैहाल्छ । तिर्दै गर्छन् पछिका पुस्ताले के भो र !
सत्तारूपी सुन्दरीलाई वरण गर्ने हो भने त अफररूपी जाल फ्याँक्न सिद्धहस्त हुनुपर्छ । वास्तवमा चुनावको वैतरिणी पार गर्नु छ भने भोकाका लागि भोजन र बेघरका लागि ओछ्यानको अफर फ्ँयाके पुग्छ ।
हो, देशमा साँढेहरू जुधिरहेका छन् । साँढेको जुधाइमा बाच्छाहरूको मिचाइ भइरहेको छ । अनि सबैतिरका बालीनाली सखाप भैरहेका छन् । साँढेहरू निरन्तर जुधिरहेका कारण नागरिकहरूको जीवन मात्र होइन, समग्रमा लोकतन्त्र नै जोखिममा परेको छ । तर अहिले साँढेभन्दा मुसाहरूबाट चैं बढी खतरा छ । किनकि, मुसाहरूले यी साँढेहरूलाई समेत घुमाइरहेका छन् । कसरी ?
एउटा स्वतन्त्र देशमा चोरहरूको आतंक यतिविघ्न बढेछ कि चोरहरू नै आत्तिने स्थिति आएछ । जताततै चोरै चोरको बिगबिगी । सरकारमा चोर । मन्त्रिपरिषद्मा चोर । संसद्मा चोर । ठूल्ठूला उद्योगमा चोर । अर्बौं कमाउने व्यवसायमा लागेका चोर । स्कूल–कलेज चलाउन भागेका चोर । अखबार र टिभीमा पनि चोरै चोर । यसरी लोकतन्त्रको चारै खम्बा चोरहरूकै काँधमा टिकिरहेको ।
आफूलाई प्रजातन्त्रको पहरेदार ठान्ने विपक्षीहरू संसद्भित्रै तोडफोडमा उत्रन्छन् । कानून बनाउन भनेर संसद्मा चुनेर पठाइएकाहरू कुलो बनाउन मात्र व्यस्त हुने यी कुर्सी हाननीयहरूलाई माननीय भन्दिनुपर्ने अचम्मको चलन छ यहाँ । कस्तो आश्चर्य ?
झमझम झरी । खुलामञ्चमा रुझ्दै मानिसहरू टपरीमा भात मुछेर खाइरहेका । यस्तो दृश्य देख्दा सरकारलाई पक्कै ग्लानि हुँदो हो । डाह, छटपटीे, निराशा भएकाले झुन्डिएरै मरौं जस्तो लाग्दो हो । यस्तो देख्दा आफैले सार्वजनिक कार्यक्रममा ‘कोही भोकले मर्नु पर्दैन’ भनेर छाती पिटेका प्रधानमन्त्री त झन् कति आहत–मर्माहत हुन्छन् होला । बिचरा प्रधानमन्त्री दिनको १८–२० घण्टा यिनकै लागि खटिरहेका छन् ।
आफै तक्मा सिफारिश समितिमा बसेर आफैलाई सिफारिश नगरे, केको प्रजातन्त्र ? हिजोे राजाले बाँड्दा पो अप्रजातन्त त । अहिले आफै प्रजा भएकाले जजसलाई बाँडे पनि प्रजातान्त्रिक भैहाल्यो नि !
कोरोना महामारीको मध्यमै भए पनि, जनताको जीउ ज्यानको जोखिम मोलेरै भए पनि, बिदाको दिन समेत बैंकहरूलाई जबर्जस्ती काउण्टर खुला राख्न लगाएरै भए पनि, केवल कर उठाउनकै लागि भए पनि बीच्चबीच्चमा २–३ दिनलाई लकडाउन त खोलेकै हो नि ।
झण्डै ६ महीनादेखि देश कोरोना कहरले बिरामी छ । कोरोना ग्राफ उकालो लागेको लाग्यै छ । अर्थतन्त्रको ग्राफ भने ओरालो लागेको लाग्यै छ । उद्योग, कलकारखाना, शैक्षिक संस्था, होटल तथा यातायात सबै बन्द छन् । त्यसैले यसै साता एक हुल व्यवसायी अर्थतन्त्रलाई बचाउन निषेधाज्ञा खोल्न पर्यो भनेर प्रधानमन्त्रीलाई भेट्न गएछन् ।
व्यवसायीहरू प्रमको दर्शन भेट पाएर एकछिन त मख्ख परेछन् । तर प्रमको कुरा सुनेपछि छक्क परेछन् । किनकि प्रमले अर्थतन्त्रको स्वास्थ्य राम्रो छ भनेर उल्टै व्यवसायीलाई तीन घण्टासम्म अर्थशास्त्र पढाएर पठाएछन् ।
देशको माटो कि त राष्ट्रवादीहरूको कब्जामा छ, कि त जग्गा दलालहरूको । अहिले त माटो मात्र होइन हजुर, तपाईं हाम्रो जिन्दगीको बाटो समेत सीमित केही लहडीहरूको कब्जामै छ । तर के गुनासो गर्ने ? तपाईं हामीले नै हाम्रो जिन्दगीमाथि नै उहाँहरूलाई शासन गर्ने अधिकार दिएका होइनौं र ?
त्यसैले त उहाँहरूले पनि जसरी र जति मन लाग्छ, त्यसरी नै लकडाउन, निषेधाज्ञा, एरिया सिल ठोक्दै उर्दीपछि उर्दी जारी गरिरहनुभएको छ । आफूहरू दरबारभित्र बस्ने हो । बाहिर के भइरहेको छ, त्यत्ति थाहा हुँदैन नि त उहाँहरूलाई !
के नेताहरूलाई जनता दुख्दैनन् ? देश दुख्दैन ? किन नदुख्नु, दुख्छ नि । सत्ताको लाभ दुख्छ । पद दुख्छ । खाइराखेको गुमाइएला कि भनेर दुख्छ । उसले मात्रै खायो, आफूले नपाइएला कि भनेर दुख्छ । कति धेरै कुरा दुख्छ दुख्छ ।
देश कोभिड महामारी, बाढीपहिरो र दिशाहीन सरकारको चपेटामा त छँदै छ । त्यसमा पनि देशमा लकडाउनपछि शटडाउन र निषेधाज्ञाले सबैतिर आर्थिक विकास डाउन डाउन चलिरहेको छ । लुटअप भने फस्टाउँदो छ । लकडाउन पनि फरक हैसियतका मान्छेलाई फरक फरक किसिमले लागू भइरहेको छ ।
"बहुदलमा त मूल पनि फुटेको छ ढल पनि फुटेको छ । देख्नुभएन सडकमै नदी बगेको ?"
Roads have been dug up. In some places, it is difficult to tell whether the electricity poles are straight or not. Perhaps to scare away thieves in the city at night, the power lines are tangled together and left as ghosts. The lights go on and off frequently. Sewage cleaning has been going on for months. Even those who live far away from the sewers are aware of the development of sewage through their noses. Another person from Uta is also digging to lay a water pipe on the newly constructed pitch. Government inspectors are also seen patrolling the streets from time to time. This means that the development of Nepal is continuing!
जात्रा पर्व भनेपछि हुरुक्क हुने नेपालीहरूले यो साता गाईजात्रा पर्व धूमधामसँग मनाए । सांस्कृतिक पर्व नै भए पनि केही वर्षयतादेखि गाईजात्रामा अनेक गैरसांस्कृतिक रूप र रौनक थपिएको छ । पहिले गाईजात्रा आफन्त गुमाउँदाको पीडा भुलाउन र मृतकहरूको आत्मा स्वर्ग पुगोस् भनेर मनाइन्थ्यो । अहिले रोग, भोक र शोकले जिउँदै मरेकाहरूको पीडादायी घाउमा नुनचुक छरेर गाईजात्रा मनाइन्छ ।
परम्परागत गाईजात्रा राजा प्रताप मल्लले शुरू गरेको इतिहास छ । आधुनिक गाईजात्रा भने हाम्रा प्रधानमन्त्रीले । पुरानो गाईजात्रा केवल काठमाडौं उपत्यकामा मनाइन्थ्यो भने अहिलेको गाईजात्रा सदनदेखि सडकसम्म, सिंहदरबारदेखि नयाँ बानेश्वर हुँदै बालकोटसम्म, बालुवाटारदेखि खुमलटार र देशैभरि पुगेको छ ।
Read Full Story at: https://www.abhiyandaily.com/newscategory-detail/372355
गर्छु कसैले नभन्ने, अर्काले गरेकोमा तीव्र विरोध गर्ने तर गर्न कसैले बाँकी नराख्ने कर्म के हो ? उत्तर हो – भ्रष्टाचार । अब सबैले गर्ने कर्म भएपछि यसलाई हटाउने वा घटाउने भनेर किन भनिहिँड्ने हो ? बरु यसलाई बढाउने पो हो कि !
‘घूस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन्’ भनेर पृथ्वीनारायण शाहले भनेका थिए रे । यो त पुरानो जमानाको कुरा पो हो । अहिलेको आधुनिक जमानामा त यो नारा ‘घूस लिने र दिने दुवै राष्ट्रका गन्यमान्य हुन्’ भनेर परिवर्तन गर्न ढिला भइसक्यो । समय अनुसार चल्नुपर्यो नि !
Full Story at: https://www.abhiyandaily.com/newscategory-detail/371931
उहाँहरू कम्युनिष्ट हो कि होइन भन्ने विषयमा जानकार र विद्वान्हरूका बीचमा लामै समयदेखि मतभेद छ । उहाँहरू आफैलाई पनि आफू कम्युनिष्ट हुँ कि होइन भन्नेमा दोधारै होेला । तर जति नै विरोध, मतभेद र दोधार भए पनि न त उहाँहरूले एकअर्कालाई कामरेड भन्न छाड्नुभएको छ न त सत्ता, सुविधा र कामरेडियत नै ।
कसैले माने पनि नमाने पनि उहाँहरू कम्युनिष्ट नै हुनुहुन्छ । त्यसैले तपाईंहरू पनि उहाँहरूलाई पक्का कामरेड नै मान्दिनु होला । त्यत्ति मान्दिँदैमा तपाईंको के नै जान्छ र ? मेरो पनि केही जाँदैन । आखिर सच्चा कम्युनिष्ट भनेर त्यत्रा जनता जनार्दनले पत्याएकै छन् ।
Full story at: https://www.abhiyandaily.com/newscategory-detail/371523
प्रधानमन्त्रीले फेरि जोक सुनाउन शुरू गर्नुभएको छ । लामो समय गम्भीर मुद्रामा देखिनुभएका प्रम एकाएक फेरि हास्य मुद्रामा प्रस्तुत हुन थाल्नु भएको छ । विगतमा नेपाल र नेपालीलाई मात्र हँसाएर मनोरञ्जन दिँदै आउनुभएका प्रमको हास्य करियरले अब भने छलाङ नै मार्ने छाँटकाँट देखिएको छ । यस अघिसम्म नेपालमै सीमित रहेको उहाँको अर्गानिक जोकले पहिलोपटक भारतीय बजारमा पनि प्रवेश पाएको छ । यसै हप्ता उहाँले अयोध्या र रामको जोक सुनाउनु भयो । कोरोना महामारीबीच ‘लञ्च’ भएको यो जोक खुब चर्चित हुन पुग्यो ।
जोक नै सुनाएको भए पनि केही मानिसले अयोध्याको प्रसंगलाई सही हो भने, कतिले सरासर झुठ । तर मलाई झुठ बोल्ने व्यक्ति असाध्यै मन पर्छ । कम्ता गाह्रो हुन्छ झुठ बोल्न । आफ्नो सम्पूर्ण अनुहारको भावभंगिमा पूर्ण नियन्त्रणमा राखेर मात्र झुठ बोल्नुपर्ने हुन्छ । तर सत्य बोल्न खासै मेहनत गर्नै पर्दैन । मनमा जे लाग्यो बोल्दिए पुग्छ । झुठो बोलेपछि के बोलेको थिएँ भनेर सम्झिरहनुपर्छ । अनि केही गरी मिलेन भने त्यसलाई साँचो बनाउन फेरि अर्को झुठ बोल्नुपर्छ । तर सत्य बोल्न यस्तो केही सोच्नै पर्दैन ।
For Full Story: https://www.abhiyandaily.com/newscategory-detail/372355
असारे वर्षाको मौका छोपेर सरकारले शहरका विभिन्न सडकमा धान रोपाइँ शुरू गर्दै छ । धेरैले रोजगारी गुमाएकाले खाद्य संकट बढ्ने देखेर सडकमै धान रोप्न थालिएको हो । सडकमा रोप्ने धानका लागि न मल चाहिन्छ न सिँचाइ । त्यसैले नयाँ खेती प्रणाली भित्र्याएको प्रमाणस्वरूप सरकारले सडकमै रोपाइ शुरू गरेको युवा कृषिमन्त्रीले बताएका छन् ।
मुलुकले जुध्नुपर्ने समस्या धेरै छन् । त्यसैको तयारी स्वरूप नेकपाले प्रधानमन्त्री कुर्सी कप प्रतियोगिता शुरू गरेको छ । सो प्रतियोगिता यसै हप्ता फाइनल गर्ने भनिए पनि त्यसो हुने छाँट भने देखिएको छैन । शुरूमा वाक् युद्ध, अनि कुटिल छिर्के युद्ध र झेल हुँदै प्रतियोगिता यस चरणमा आइपुगेको हो । यसैबीच दुई पक्षका समर्थकबीच देशका विभिन्न ठाउँमा लात्तीमुक्का प्रदर्शन खेल पनि चलिरहेकै छ ।
Read Full Story at: https://www.abhiyandaily.com/newscategory-detail/370679
नेपालमा सलह आउँदैन भनेर ठोकुवा गर्ने विज्ञहरू कता हराए भनेर खोजी गर्नुपर्ने भो । हुन त यसमा विज्ञहरूको पनि के दोष ? गाई कि त्रिशूल गर्दा त्रिशूल पल्टेकाले आउँदैन भन्ठानेका थे होला । सलह त विनासूचना आइदियो । सलहहरूलाई देशभित्र छिर्न भिसा चाहिन्न नि त !
उसो त दक्षिणतिरबाट नेपाल छिर्न मानिसलाई पनि भिसा चाहिन्न । अब सलह पनि आइ नै सक्यो भने के गर्ने त ? धन्धा नमान्नुहोस्, केही न केही पक्कै हुन्छ । कृषिमन्त्री सलहलाई कक्रक्कै पार्ने अमेरिकी हेभी मेटल गीतहरूको खोजीमा जुटिसकेका छन् । मन्त्रिपरिषद् नै धरापमा परेर पो त ! तर तुरुन्तै ढली चैं हाल्दैन कि !
Read Full Story At: https://www.abhiyandaily.com/newscategory-detail/370251
नेपाली चेलीले विदेशमा नागरिकता पाउन वर्षौं कुनुपर्ने । अनि विदेशी चेलीलाई एक हातले सिन्दूर, अर्को हातले नागरिकता दिनुपर्ने ? भारतीय पुरुषसँग बिहे गरेर जाने नेपाली चेलीले भारतीय नागरिकताका लागि ७ वर्ष कुर्नुपर्दा नेपाल–भारत सम्बन्ध बलियो हुने । तर नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी बुहारीका लागि नागरिकताका लागि ७ वर्ष कुर्नुपर्दा नेपालको विदेश सम्बन्ध बिग्रने ?
Read Full Story At: https://www.abhiyandaily.com/newscategory-detail/369832
देशको ढुकुटी टाट पल्टिएकै हो त ? होइन होला । किनकि कार्पेट चैं उल्टाउने कुरा थियो । त्यसैले टाट नै त किन पल्टिन्थ्यो होला र ? हैन यो के भा होला ? दुई तिहाइको पावरफुल सरकार छ भन्ठानेको त पावर चैं हटेर ‘फुल’ मात्र बाँकी रह्यो कि क्या हो हँ ? थाहा पाउनु भो, आकाश खस्न लागेछ नि ! कसरी ? एमसीसी पास गर्न लागे रे नि त !
त्यै भन्छन् नेकपाका कतिपय नेता कार्यकर्ता । अमेरिकाले नेपाललाई ५० करोड डलर सहयोग के दिन्छु भन्याथ्यो, ह्याँ कमिलालाई कुन्नि केको पहिरो जस्तो भाछ देशमा । महीनौं, वर्षौंदेखि यो एमसीसी पास गर्न हुन्छ र हुँदैन भनेर नेपालमा ठूलै लफडा, झगडा शुरू भएको छ । यो नाटक चाँडै समाप्त हुने छैन । किनभने एकाथरी पूरै विकासवादी मात्रै । अर्काथरी पूरै राष्ट्रवादी । अरुण तेस्रोमा घात गरेकाहरू अझै गर्व गरिरहेकै छन् । त्यसैले एमसीसीको मनचिन्ते बहस पनि जारी नै रहनेछ ।
Full Article: https://www.abhiyandaily.com/newscategory-detail/369414
प्रस्तोता : मदन लम्साल
जात्रा पर्व भनेपछि हुरुक्क हुने नेपालीहरूले यो साता गाईजात्रा पर्व धूमधामसँग मनाए । सांस्कृतिक पर्व नै भए पनि केही वर्षयतादेखि गाईजात्रामा अनेक गैरसांस्कृतिक रूप र रौनक थपिएको छ । पहिले गाईजात्रा आफन्त गुमाउँदाको पीडा भुलाउन र मृतकहरूको आत्मा स्वर्ग पुगोस् भनेर मनाइन्थ्यो । अहिले रोग, भोक र शोकले जिउँदै मरेकाहरूको पीडादायी घाउमा नुनचुक छरेर गाईजात्रा मनाइन्छ । परम्परागत गाईजात्रा राजा प्रताप मल्लले शुरू गरेको इतिहास छ । आधुनिक गाईजात्रा भने हाम्रा प्रधानमन्त्रीले । पुरानो गाईजात्रा केवल काठमाडौं उपत्यकामा मनाइन्थ्यो भने अहिलेको गाईजात्रा सदनदेखि सडकसम्म, सिंहदरबारदेखि नयाँ बानेश्वर हुँदै बालकोटसम्म, बालुवाटारदेखि खुमलटार र देशैभरि पुगेको छ ।
Read Full Story at: https://www.abhiyandaily.com/newscategory-detail/368998
Presented By: Madan Lamsal
लकडाउनको आठौं किस्ता चलिरहेको छ । प्रायः सबै कुरा बन्द छन् । चालू छन् त केवल बैंकका ब्याजका मिटर, तलबका मिटर, बिजुली, घरभाडाका मिटर र करको करकर । तर सरकार भनिरहेछ घरमै बस अर्थात् सुती सुती खाऊ । सुतेपछि समृद्धिको सपना पनि देखिरहन पाइन्छ । उठेपछि समृद्धि खलबलिएला भनेर सरकार सचेत छ । नयाँ बजेट आयो । सबै भनिरहेका छन्, बजेट त शुरूमै फ्लप भयो । वास्तवमा बजेट फ्लप हैन । अहिले नेता, सरकार फ्लप भएकोले त्यस्तो लागेको होला । यो पनि चलचित्र जस्तै हुने रैछ क्या ! कहिले कुनै फिल्म हिट, कैले फ्लप । त्यस्तै कैले त्यै नेता हिट, कैले त्यै फ्लप ।
Read Full Story at: https://www.abhiyandaily.com/newscate...
Presented By: Madan Lamsal
सरकारले आगामी आर्थिक वर्ष (२०७७/७८)को बजेट ल्यायो । एकथरी अर्थशास्त्रीहरू यति राम्रो बजेट कहिल्यै आएन भन्छन् । अर्काथरी, यति नराम्रो बजेट त कहिल्यै आएन भन्छन् । अब कस्को चैं कुरा पत्याउने त ? तर यसो पढ्दा भने सरकारले यसपालाको बजेट पनि घाटाकै ल्याएछ । अर्थात् जम्मा पौने १५ खर्बको बजेटमा प्रशासनिक खर्च, तलब सलब ख्वाउनमै झण्डै १०.५ खर्ब खर्च गर्ने रे । अनि विकास गर्न चैं जम्मा रू. ३.५ खर्ब रे, अर्थात् जम्मा बजेटको २३ प्रतिशत मात्र । त्यो पनि केले गर्ने त भन्दा विदेशीले ऋण पत्यायो भने । किनकि राजस्वबाट आम्दानी जम्मा ९ खर्ब हुन्छ रे । बाँकी ऋण लिएर । तर आर्थिक वृद्धिदर चैं ७ प्रतिशत गर्ने रे । अनि मुद्रास्फीति पनि ७ प्रतिशत रे । के के नमिले जस्तो । हुन त सपना देख्न त पाइहालिन्छ नि ! अर्थतन्त्रलाई चलायमान बनाइदेऊ भन्थे उद्यमीहरू । तर बजेटमा त्यस्तो केही आएन । अर्थतन्त्रलाई कसरी चलाउने हो र खै ! यो पहिल्यैदेखि सुतिराख्या हो । अर्थात् सामान्य अवस्थामै फागुनभन्दा धेरै अघिदेखि नै ‘स्लोडाउन’ थियो । अहिले त झन् ‘लकडाउन’ छ । धन्न कोरोनाले गर्दा सरकारले नाक चैं जोगायो । नत्र कति मन्त्रीहरू भूपू भैसक्थे होलान् ऐले । कतिपय विश्लेषकहरू भने सरकारले पोहोर परारकै जस्तो परम्परागत बजेट ल्यायो भन्छन् । तर हैन । किनकि पोहोर परारको बजेट नारा नै नाराले भरिएका हुन्थे । यसपाला त बजेट नाराविहीन छ । खाली एक ठाउँमा अर्थमन्त्रीले आगाआबकै भावना अनुसार कतिपय कार्यक्रम गर्ने भनेका छन् । आगाआब भनेको ‘आफ्नो गाउँ आफै बनाऊँ’ भनेको हो वा ‘आफ्नो गणित आफै बनाऊँ’ भनेको हो अलि स्पष्ट भएन । कुनै कुनै बुँदा पूरै उस्तै परेको भनेर अर्थमन्त्रीको विज्ञतालाई उपहास गर्न त पाइन्न है ! जे होस्, सरकारले खर्च घटाएर भन्दा कर, भन्सार आदि बढाएर वा यथावत राखेरै तथा विदेशी सहायताको आश बढाएर बजेट बनाउने सजिलो उपाय निकालेकै छ । हुन पनि बजेट पढ्दिने हो, किताब छाप्दिने न हो । यसपछि कस्ले पो पढ्छ र ? यसै पनि बजेट भनेकै आम्दानी र खर्चको अनुमानित विवरण न हो । अनुमान गर्ने हो, मिल्नैपर्छ भन्ने छैन क्यारे ! अहिलेसम्म कहिले पो बजेटमा लेख्या कुरा मिल्या छ र ? नेपालमा बजेट भनेको एक प्रकारले खुला आकाशमा ढुंगा हाने जस्तै त हो नि । हात्ती आयो, हात्ती आयो लास्टमा फुस्सा !
Read Full Story at: https://www.abhiyandaily.com/newscate...
Read Full Article: https://www.abhiyandaily.com/newscate...
Presented By: Madan Lamsal
सरकारले यसपालि पनि सधैंझैं वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्यो । विगत ४० वर्षदेखि ल्याइएका नीतिहरूजस्तै यसपालि पनि आयो, यो गरिनेछ, त्यो गरिनेछ भनेर । अर्थात् बहुदलीय व्यवस्थापछिका हरेक सरकारको मति, गति, प्रगति, नीति र नियति उस्तै उस्तै छन् । झन् यसपालिको नीति त पोहोरकै ठ्याक्कै कपी पेष्ट नै भएछ । नयाँ केही छैन । हुन पनि यो महामारीका बेला कहाँबाट के खोजेर नयाँ के नै ल्याउने हो र ? जे होस्, यो वर्षको नीति तथा कार्यक्रम हेरेर भने बडो ढुक्क भैया छ । किनकि सरकारले भनेको सबै ठीकठाक छ । सरकारले भनेपछि कसरी नपत्याउनू ? सरकार नबोलुन्जेल त कस्तो डर लागिराथ्यो भन्या ! हुन पनि लकडाउन गर्या जम्मा २ महीना त भयो नि । यति दिनमा के नै भइहाल्ने हो र ? फेरि सरकारले पोहोरदेखि नै ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्या भन्यै छ । अझ संविधानमै खाद्यसुरक्षाको कुरा अर्थात् खान पाउने अधिकारको कुरा पनि लेख्दिएकै छ । यति गर्दा गर्दै पनि कोही खान नपाएर वा रोग लागेर मर्छ भने त्यसमा सरकारले के नै गर्न सक्छ र ?.....
लेख पढ्न को लागि : https://www.abhiyandaily.com/newscate...
प्रस्तोता : मदन लम्साल
यता उत्तरकाले नेपाली पुलिसको कठालो समात्ने, उता दक्षिणकाले नेपाली भूमि हडप्ने । अनि हाम्रा तोरी लाउरेहरू भने एउटा कुर्सीमा को चैं बस्ने भनेर लडेर बस्ने । अनि बाँकी रहेकाले चाहिँ राष्ट्रवादको नारा लगाउने । नजिकैको बालुवाटारको जग्गा मिचिँदा नबोल्नेहरूले त्यो टाढा कुनाको लिपुलेकको विषयमा किन बोल्ने, कमिशन झर्ने होइन क्यारे ! हुन त थाहा नपाएर पनि नबोलेका होलान् । प्रधानमन्त्रीले त भारतले लिपुलेकमा सडक खनेको आफूलाई सूचना नभएको भन्नुभएछ । हुन पनि प्रम देश बनाउनमै दिनको १८ घण्टा खटेको खट्यै हुनुहुन्छ । त्यसरी देश बनाउन खटेपछि लिपुलेकमा बाटो बनेको थाहा नहुन सक्छ नि त ! बाटो पीच बनिसकेपछि मात्र पूरै भूभाग फिर्ता लिने योजना हो कि प्रमको ? त्यहाँको सडक भाडामा दिने भनेर त्यसो भन्नु भएको त होला नि ⁄ तर, जे भए पनि सरकार पुग्नुभन्दा अगाडि नै पुगेर फोटो खिच्ने र समाचार लेख्ने पत्रकारलाई भने कारबाही गर्नुपर्छ अब ।
सरकारले लकडाउनको अवधि थप्या थप्यै छ । नथपेर के गर्नु ? यो भाइरस कहिले काठमाडौंमा देखिन्छ, कहिले एकैचाटि कञ्चनपुरमा । फेरि कहिले वीरगञ्जमा, कहिले बागलुङमा त कहिले फ्याट्ट नेपालगञ्जमा भेटिन्छ । यस्तो भैराछ कि भाइरस अघि अघि सरकार पछि पछि । छन त सरकारलाई फागुनदेखि नै थाहा थियो कि नेपालमा पनि कोरोना छिर्न सक्छ भनेर । सरकारसँग प्रशस्त समय पनि थियो । तर सरकारलाई यो इमेर्जेन्सीको काम हो भन्ने हेक्का नै भएनछ क्यारे । फेरि बिचरो, एक्लो सरकारले के गर्ने भन्ने भेउ पनि पाएन होला । ल ! हुँदा हुँदै थुप्रै नेपाली विदेशबाट ह्वार ह्वार नेपाल छिरेछन् भन्या । ती नेपाली कहाँ कहाँबाट आए, फेरि कहाँ गए भन्ने तथ्यांक इमिग्रेसनले पनि राख्ने गरेको रैनछ । तथ्यांक नराख्ने इमिग्रेसन, अनि यस्मा पनि सरकारलाई गाली गरेर हुन्छ र भन्या ? यता, सरकार पनि आफ्नो काममा बिजी नै छ नि त । कोरोना कतिजनालाई लाग्यो भनेर बुझ्न उपप्रधानमन्त्रीकै संयोजकत्वमा सरकारले एउटा समन्वय समिति बनाइदेको छ । किनकि, लकडाउन बढाउने कि नबढाउने निर्णय गर्न त्यो तथ्यांक चाहिन्छ क्या । त्यसकै लागि त्यो समन्वय समितिले स्वाब टेस्ट सेस्ट गर्न पीपीई, पीसीआर किट आदि ल्याइदिन भनेर कस्लाई हो अह्राकोे रे । पक्का व्यापारी परेजस्तो छ । पैसा हात पारेपछि तिनीहरू बेपत्ता भएछन् । कस्ता बदमासहरू ! लौ भएन, सेनाले त पक्कै ल्याउँछ कि भनेर उसलाई भनेको रे, सेनाले पनि अहिलेसम्म ल्याइदेनछ भन्या !